अमेरीकामा नेपाली भाषीको मृत्युको संख्या बढ्दै

Bhuatanese corona

काठमाडौं । अमेरिकामा बसोबास गर्ने नेपाली र नेपाली भाषीको संख्या बढ्दै गएको छ । पछिल्लो समयमा कोरोना भाइरस (कोभिड–१९) का कारण चार जना नेपाली भाषीको निधन भएको छ । हालसम्म अमेरिकामा ३४ हजार ६ सय १७ जनाको मृत्यु भइसकेको छ ।

यसअघि कोभिड–१९ का कारण अजय छोचुन, थोक्मे बिष्ट, सोनाम लामा, निमा टेम्बा शेर्पा, पवनकुमार मल्ल लगायतको निधन भइसकेको छ ।  नेपाली मूलका मानिसको बाक्लो बसोबास भएका क्विन्स र ज्याक्सन हाइट्समा कोभिड–१९ को संक्रमण धेरै छ ।

बिहिबार बिहान न्युयोर्कमा  ७० वर्षका महेश अमात्यको जमाइका अस्पतालमा निधन भएको हो । अमात्यलाई स्वास्थ्यमा थप समस्या आएपछि बुधवार साँझ अस्पताल लगिएको थियो । काठमाडौं स्थायी घर भएका अमात्यका एक श्रीमती र ३ छोरा छन् ।

अमेरिकाको कोलोराडो एक, न्युयोर्कमा एक महिला र आयोवामा एक पुरूष गरी तीन नेपाली (भाषी भूटानी शरणार्थीको कोभिड– १९ बाट निधन भएको छ ।

कोलोराडोमा निधन हुने महिलाको परिचय खुलाइएको छैन ।  न्युयोर्कमा निधन हुने इन्द्र भुजेल हुन् भने आयोवामा निधन हुने बीरमान सुब्बा हुन् । ७० वर्षका सुब्बा भूटानको टेन्डुमा जन्मेका हुन् । 

उनी नेपालको टिमाई शिविरमा बसेका थिए भने सन् २०१६ देखि आयोवाको सेडार र्‍यापिड्समा बस्दै आएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...