बेलायतमा कोरोनाले धनकुटाका गोम्देनको मृत्यु

Hariman gomden

काठमाडौं ।  बेलायतको लण्डनमा कोरोना भाइरसको संक्रमणबाट अर्का एक भूतपूर्व गोर्खा सैनिकको मृत्यु भएको छ ।

लण्डनको वेष्ट ड्राइटन्टमा बसोबास गर्ने ८२ वर्षीय हरिमान गोम्देनको स्थानीय हिलिङडन अस्पतालमा बैशाख ३ गते मृत्यु भएको हो ।

छथरजोरपाटी गाउँपालिका वडा नं. १ माक्लुङ निवासी गोम्देन केहि दिनदेखि कोरोना भाईरसको संक्रमणले विरामी भएकाले उनको लण्डन वेस्टस्थित हिलिङडन अस्पतालमा उपचार गराईरहेका थिए ।

समाजसेवी स्वर्गिय गोम्देन केहि वर्षदेखि लण्डनको हिलिङडन बरोको ‘वेस्ट ड्रेटन’ भन्ने ठाउँमा श्रीमती, छोरी कला र ज्वाई मणि तामाङसँग बस्दै आएका थिए । उनको स्वास्थ्यमा केहि समस्या आएपछि ५ दिनअघि उनलाई अस्पताल भर्ना गरिएका थिए ।

उनको स्वास्थ्य परिक्षणको क्रममा उनलाई कोरोना ‘पोजिटिभ’ देखिएको थियो । गत मंगलवारसम्म स्वास्थ्य अवस्थामा सुधार आइरहेको चिकित्सकहरुले बताएका थिए । तर, अचानक बुधवार विहान उनको स्वास्थ्यमा खरावी आएका थिए । यसअघि उनमा अन्य कुनै गम्भीर प्रकृतिको रोग लागेको थिएन ।

शालिन ब्यक्तित्वका धनि स्व। गोम्देन पञ्चायती व्यवस्थाको समयमा २०३८ सालमा साविक हात्तिखर्क गाउँ पञ्चायतको उपप्रधानपञ्चसमेत भएका थिए । तर, २०४३ सालमा भएको निर्वाचनमा प्रधानपञ्चमा उम्मेद्वार भएका उनी, थोरै मतले पराजित भएका थिए ।

उनी हात्तिखर्कस्थित साविक भारती निम्न माध्यमिक (हाल माध्यमिक) विद्यालयको पटकपटक संचालक समितिका अध्यक्षसमेत भइसकेका थिए । राजनीतिक रुपमा उनी राष्ट्रिय जनमुक्ति पार्टी निकट थिए । उनी २०४९÷५० मा सो पार्टीका जिल्ला कोषाध्यक्ष भएका थिए ।

बेलायतमा अहिलेसम्म १ दर्जन बढी नेपालीहरुको कोरोना भाईरसकै संक्रमणबाट मृत्यु भइसकेका छन् । मृत्यू हुनेहरुमा अधिकांश भूतपूर्व गोर्खा सैनिक रहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...