कठोर बन्दै सरकार, अब अनुमति बिना अर्काे जिल्ला जान प्रतिवन्ध

Hinna pratibandha

काठमाडौं । बैशाख ११ देखि जारी लकडाउन उल्लंघनका घटना बढेपछि सरकार कठोर बन्न थालेको छ । खासगरी लकडाउनका बेला काठमाडौंबाट हिडेर आ–आफ्नो जिल्ला जाने क्रम बढेपछि सरकार कठोर बन्न थालेको हो ।

हिडेर जिल्ला जाने क्रम रोक्न गृह मन्त्रालयले लकडाउन अवधिभर अनुमति बिना एक जिल्लाबाट अर्को जिल्लामा जान रोक लगाएको छ । गृहको यो निर्णयसँगै विभिन्न जिल्लाबाट घर फर्किन हिँडेकामाथि थप समस्या पर्ने भएको छ । गृहले हाल बसोबास गरिरहेको स्थानबाट अन्यत्र नजान पनि सर्वसाधारणलाई अपिल गरेको छ ।

कोरोना भाइरसका संक्रमित बढ्दै गएपछि गृहले ७७ वटै जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपीएफ) र ७ वटै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई परिपत्र गरेर एक जिल्लाबाट अर्को जिल्लामा आवतजावत गर्न नदिन भनेको छ ।

निर्देशन अवज्ञा गरेर हिँड्नेलाई संक्रामक रोग नियन्त्रण ऐन अनुसार कारबाही गरिने गृहको तयारी छ । मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले लकडाउन अवधिभर सार्वसाधारणलाई एक जिल्लाबाट अर्को जिल्लामा जान नदिने गरी सुरक्षा व्यवस्था मिलाउन प्रशासन र सुरक्षा निकायलाई परिपत्र गरिएको बताए ।

वैशाख २ गते नै बसेको मन्त्रिपरिषद् बैठकले भारतीय सीमा नाका अनिश्चित कालका लागि बन्द गर्दै नाका सिल गर्न थप सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको थियो ।

लकडाउन बढ्दै गएपछि दैनिक गुजारा टार्नसमेत धौंधौं परिरहेको छ । काम गरिरहेका मजदुर र डेरा गरेर बस्ने मानिस लकडाउनको चपेटामा परेका छन् । उनीहरु गाउँ गएर भए पनि बाच्न लकडाउनको पर्वाह नगरी हिड्ने गरेका छन् । तर प्रशासनले भने जहाँ बसेको हो, त्यही बस्न आग्रह गरिरहेको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...