आफ्ना सहकर्मी कुटिदाँ धरानमा आधा दिन स्वास्थ्य सेवा बन्द

Chandra prakasf khanal

धरान । बिरामीलाई उपचार गर्न गइरहेका बेला प्रहरीले स्वास्थ्यकर्मीलाई कुटपिट गरेपछि आधा दिनसम्म धरान उपमहानगरपालिका भरीका स्वास्थ्य संस्था बन्द भएको छ ।

धरान–६ पानबारीस्थित एक बिरामीलाई औषधि दिन र उपचार गर्न गइरहेका बेला विष्णुपादुका स्वास्थ्य चौकीका हेल्थ असिटेष्ट चन्द्रप्रकाश खनाललाई प्रहरीले स्वास्थ्यकर्मी भएको भन्दै परिचयपत्र देखाउँदा पनि पानबारी प्रहरी चौकीका सइ बीबी राउतले सिडिओ कार्यालयले दिएको परिचयपत्र चाहिने भन्दै कुटपिट गरेका थिए ।   

सइ राउतले त्यस्तो परिचय पत्रले नहुने बिहीबार बिहान कुटपिट गरेपछि काम बन्द गरेका थिए । आफूलाई लकडाउन उल्लंघन गरेको भन्दै पानबारी प्रहरी चौकीका सइ बीबी राउतले शरीरमा निलडाम हुनेगरी कुटपिट गरेको खनालले बताएका छन् ।

खनालले आफू स्वास्थ्यकर्मी भएको भन्दै परिचयपत्र देखाउँदा पनि सइ राउतले त्यस्तो परिचय पत्रले नहुने सिडिओ कार्यालयले दिएको परिचयपत्र चाहिने भन्दै कुटपिट गरेका थिए ।

प्रहरीले आफूले बोकेको औषधी र स्वास्थ्य सामाग्री (रक्तचाप नाप्ने स्टेथेस्कोप) र परिचय पत्र फ्याँकिदिएको खनालले बताए । प्रहरीले खनालको बा ३८ प ३६९७ मोटरसाइकल पनि जफत गरेर एक घण्टा राखिदिएको थियो ।

धरानमा आधारभूत स्वास्थ्य केन्द्र, सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र, स्वास्थ्य चौकी लगायतमा जनस्वास्थ्य अधिकृत, अहेब, हेल्थ हसिस्टेष्ट, नर्स, स्वास्थ्य स्वयंसेविकालगायत डेढ सयजना बढी कार्यरत छन् । सबैले आफ्ना सहकर्मी कुटिएपछि बिहीबार आधा दिन काम ठप्प पारेका छन् ।

लकडाउनको बेला पटक पटक बसेको बैठकमा स्वास्थ्यकर्मी, सरसफाईकर्मीहरुलाई निर्वाध काम गर्न दिने सहमति भएको थियो । तर यस्तो बेला स्वास्थ्यकर्मीमाथि नै प्रहरीबाट कुटपिट हुनु दुर्भाग्य भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश राउतले बताए ।

उनकाअनुसार स्वास्थ्यकर्मीमाथि कुटपिट घटनापछि धरान उपमनगरका प्रमुख तिलक राई र सुनसरीका जिल्ला प्रशासन प्रमुख राजेश पौडेलबीच फोन वार्ता भएको थियो । प्रहरीले स्वास्थ्यकर्मीलाई आइन्दा यस्तो व्यवहार नगर्ने सहमति भएपछि काममा फर्किएको राउतले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...