कोरोना संक्रमणबाट मल्लको मृत्यु

Pawan malla

काठमाडौं । अमेरिकामा बस्दै आएका एक नेपाली युवाको कोरोना स‌ंक्रमणका कारण मृत्यु भएको छ । अमेरिकाको न्यूयोर्कमा बस्दै आएका ४४ बर्षिय पवनकुमार मल्लको कोरोना संक्रमणका कारण बुधबार मृत्यु भएको हो ।

मल्ल ३ हप्तादेखी बिरामी थिए । कोरोना भाइरसका बिरामी भएपछि उनी उपचारका लागि केही दिन पहिले अस्पताल पुगेका थिए । तर अस्पतालले ठाँउ नभएको भन्दै भर्ना लिन नमानेपछि घर मै  निधन भएको हो । 

सन् २०१२ मा अमेरिका पुगेका मल्ल ट्याक्सी चालक हुन् । हालसम्म अमेरिकामा पाँच सय भन्दा बढी संक्रमित भएको जनाइएको छ ।

प्रतिकृया दिनुहोस