बाढीले भत्कियो बढीघाटमा बन्दै गरेको पुल

Bridge collapsed gulmi

गुल्मी । बुधबार पानी परेसँगै बढीघाट खोलामा आएको बाढीका कारण बन्दै गरेको पक्की पुल भत्किएको छ । बुधबार साँझपख बढीघाट खोलामा आएको बाढीका कारण पक्की पुल भत्किँदा ठूलो क्षति पुगेको छ ।

तीन वर्षअघि सङ्घीय सरकारको पाँच करोड १७ लाख लागतमा तत्कालीन जिल्ला प्राविधिक कार्यालय गुल्मीमार्फत वाइटी जय बुद्ध कन्ट्रक्सन प्रालीले यो पुल निर्माणको जिम्मा पाएको थियो । यो पुलको लम्बाइ ५५ मिटर रहेको छ ।

बाढीका कारण गुल्मीको मुसिकोट नगरपालिका अन्तर्गत वडा नम्बर ३ र ७ जोड्नका लागि बन्दै गरेको पक्की पुल दोस्रो पटक फेरि भत्किएको हो । अविरल वर्षाको कारण गएको वर्ष ढलानकै क्रममा यो पुल भत्किएको थियो ।

भत्किएको पुलको आठ महिनापछि फेरि निर्माण कार्य सुरु गरिएको थियो । पुलको गएको चैत मसान्तमा तल्लो ढलान सकिएको थियो ।

बाढीले पौदीअमराई र कल्यार जोड्ने पक्की पुलमा समेत क्षति पुर्‍याएको छ । बाढीले पुलको तल्लो ढलानमा क्षति गर्नुका साथै फर्मा, फलामका पाइप, जेनेरेटर, हुइम पाइप समेत बगाएको छ ।

गुल्मीमा बुधबार निस्ती खोलामा आएको बाढीले चण्डेश्वरी हेभी इक्युपमेण्ट कन्स्ट्रक्सनको लु १ त २४८२ नम्बरको ट्याक्टर समेत बगाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...