नामाकरण नगर्दै सकियो प्रदेश १ को हिउँदे अधिवेशन

Pradesh 1 vawan

विराटनगर । कोरोना भाइरसको महामारी बढ्दै गएपछि प्रदेश १ को प्रदेश सभाको हिउँदे अधिवेशन बुधबारबाट अन्त्य भएको छ ।

हिउँदे अधिवेशनमा प्रदेशको नामाकरण हुने अपेक्षा गरिएको थियो । संसद भित्रका सबै दलका सांसदहरुले चालू अधिवेशनमा प्रदेशको नामाकरण गर्नुपर्ने भन्दै संसदमा आवाज उठाउँदै आएका थिए । तर नामाकरणसमेत नहुँदै हिउँदे अधिवेसन सकिएको हो ।

प्रदेशसभाको कार्य व्यवस्था परामर्श समिति बैठकमा कोरोना भाइरसका कारण लकडाउन लम्बिदै गएको र वर्षे अधिवेशनको पनि समय आउन लागेकाले हिउँदे अधिवेशन अन्त्य गर्ने दलहरुबीच सहमति भएको थियो ।

मन्त्रिपरिषदको बैठकले बुधबार राति १२ बजेदेखि प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख सोमनाथ अधिकारीलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

हिउँदे अधिवेशनमा ६ वटा विधयेक दत्र्ता भई छलफल भएकोमध्ये केही समितिमा गएको र १ वटा विधेयक पारित भएको थियो । २०७६ माघ २३ गते प्रदेशसभाको पाँचौं अधिवेशन सुरु भएको थियो । यो अधिवेशनमा प्रवेश पाएका ६ वटा विधेयक मध्ये प्रदेशको वातावरण संरक्षण विधेयकमात्रै पारित भएको छ ।

सरकारले २५ जना भन्दा बढी एक ठाउँ भेला हुन रोक लगाएपछि प्रदेश सभाको ५ औं तथा हिउँदे अधिवेशन चैत ६ गतेदेखि अनिश्चितकालका लागि स्थगित भएको थियो । मुख्यमन्त्री शेरधन राईले यो अधिवेशनमा नामाकरणको विषय टुंगो लगाउने प्रतिबद्धता पनि जनाएका थिए ।

प्रदेशस्तरमा फर्म दर्ता, नवीकरण तथा तत् सम्बन्धी अन्य व्यवस्था गर्न विधेयक र प्रदेश १ जनस्वास्थ्य सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सम्बन्धित समितिमा दफावार छलफल सकिएको थियो । प्रदेश बालबालिकाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथिको सैद्धान्तिक छलफल सकिएर संशोधन प्रस्तावका लागि ७२ घण्टे अवधि तोकिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...