कटवाल दम्पतिले दिए विपन्न परिवारलाई राहत

Butwal rahat

बुटवल । कोभिड–१९ (कोरोना) भाइरसले विश्वप्यारी रुपमा महामारीको रुप लिएपछि त्यसको रोकथामका लागि नेपाल सरकारले चैत ११ गतेदेखि लकडाउन घोषणा गरेको छ । पटकपटक थप गरिएको लकडाउनले जनजीवन कष्टकर बन्न थालेको छ ।

लगातारको लकडाउनले जनजीवन कष्टकर बन्न थालेपछि मनकारीहरुले विपन्न समुदायलाई राहत वितरण तीव्र बनाएका छन् । यसैक्रममा बुटवलका मनकारी व्यक्ति सुवास कटवाल र उनकी श्रीमति सन्तमाया कटवालले बुटवलका विपन्न परिवारलाई राहत वितरण गरेका छन् ।

येशु कन्ट्रक्सन प्रालिका सञ्चालकसमेत रहेका कटवालले बुद्धनगरका १ सय २० विपन्न परिवारलाई चामल, दाल, नुन र तेल वितरण गरे ।

त्यसैगरी बिष्णु जिसी र रविन रानाले पनि विपन्न परिवाराई राहत वितरण गरेका छन् ।  

 

प्रतिकृया दिनुहोस