कोरोना कहर : २० देशमा रहेका नेपालीलाई कोरोनाको संक्रमण

3 3

काठमाडौं । विश्वभर कोभिड–१९ (कोरोना) को भाइरस फैलिएका बेला कम्तीमा २० देशमा रहेका नेपालीमा संक्रमण देखा परेको छ । यी देशहरुमा कम्तीमा दुई जना संक्रमित बनेका छन् ।

कतिपय देशबाट तथ्याङ्क नपाइएको उल्लेख गरिएको विवरणमा अमेरिका, ब्रिटेन, भारत र खाडी देशमा रहेका नेपालीहरू कोरोना भाइरसका कारण बढी प्रभावित भएको देखिन्छ । कतिपयले भने परिवार र समुदायमा नराम्रो सन्देश जाने कारणले कैयौँ नेपालीहरू खुल्न नचाँदा वास्तविक विवरण आउन सकेको छैन । 

मंगलवार साँझसम्म नियोगहरूले परराष्ट्र मन्त्रालयलाई पठाएको विवरणले हालसम्म सबैभन्दा धेरै संक्रमित नेपालीहरू अमेरिकामा रहेका रहेको देखाउँछ । स्थानीय कानूनले बिरामीको जानकारी गोप्य राख्ने हुनाले कति जना नेपाली संक्रमित छन् भन्ने यथार्थ जानकारी नभएको भन्दै विवरणमा करिब ६० जनामा संक्रमण पाइएको उल्लेख छ ।

हाल कोरोना भाइरस संक्रमणको केन्द्रविन्दु रहेको न्यूयोर्कका ४२ जना संक्रमित भएको उल्लेख गरिएको छ । वासिङ्टन डिसीस्थित दूतावासले एकजना नेपाली मूलका अमेरिकी र एक नेपाली नागरिकसहित ६ जनाको मृत्यु भएको र त्यसमध्य तीन जनाको मृत्युको कारण पुष्टि हुन बाँकी रहेको उल्लेख गरेको छ ।

यसअघि गैरआवसीय नेपाली संघले अमेरिकामा ५ सय जनामा कोरोना भाइरसको संक्रमण देखिएका हुनसक्ने आशंका गरेको थियो । 

यता, यूकेमा हाल ३५ जनामा संक्रमण देखिएको र त्यसमध्ये ३० जना क्वारन्टीनमा छन् । त्यहाँ हालसम्म कोरोना भाइरसको कारण ६ जना नेपालीले ज्यान गुमाएको र १० जना आराम गरिरहेका छन् ।

खाडीमा उस्तै 
विश्वका दुई सय १० देशका २० लाख २३ हजार ६ सय २३ जनामा संक्रमण फैलिसकेको छ । एक लाख २८ हजार ८ सय ९० जनाको ज्यान गएको छ भने चार लाख ९२ हजार ३ सय २२ जना निको भएका छन् ।

लाखौँ नेपाली कामदार कार्यरत रहेका खाडी तथा मध्यपूर्वका देशमा पनि नेपालीहरूमा सङ्क्रमण देखिएका जनाइएको छ । कुवेतमा थप तीन नेपालीमा संक्रमण देखिएको छ । यो सँगै खाडीका देश र मलेसियामा सङ्क्रमित नेपालीको सङ्ख्या ५२ पुगेको  छ ।  जसमध्ये ४७ कोरोना सङ्क्रमित नेपालीको अस्पतालमा उपचार भइरहेको छ । ५ जना निको भएर काममा फर्किएका छन् ।

अहिलेसम्म बहराइनमा २२, यूएईमा ११, साउदीमा ४, कुवेतमा १४ र मलेसियामा १ जना गरी जम्मा ४९ जना  नेपाली श्रमिकलाई कोरोना संक्रमण भएको छ । जसमध्ये साउदीमा तीन र यूएईमा दुई गरी पाँच जना निको भएर काममा फर्किएका छन् । अरु ३४ को अस्पतालमा उपचार भइरहेको छ ।

खाडी देशमा सङ्क्रमण बढ्न थालेपछि अहिले  त्यहाँको सरकारले पनि सुरक्षा सतर्कता  बढाएको छ । चार लाख नेपाली श्रमिक रहेको कतारमा केही संक्रमित नेपालीहरू दूतावासको सम्पर्कमा रहेको भनिएको छ । उक्त विवरणमा संक्रमित वा क्वारन्टीनमा रहेकाहरूको विवरण उपलब्ध नगराउने नीति कतार सरकारको रहेको उल्लेख गरिएको छ ।

नेपाली कामदारको अर्को गन्तव्य देश रहेको जापानमा दुई जनामा सङ्क्रमण देखिएको छ । उक्त विवरणमा भारतको मुम्बईमा अछामका आठ जनामा सङ्क्रमण देखिएको र हाल उनीहरूको उपचार भइरहेको जनाइएको छ । एकै परिवारका उनीहरूको मुम्बईका तीनवटा अस्पतालमा उपचार भइरहेको छ ।

त्यसबाहेक अस्ट्रेलियामा ८, पोर्चुगलमा १२, स्पेनमा कम्तीमा ८,  स्वीट्जरल्यण्डमा ५, हङ्‌कङमा १, इजरायल र न्यूजील्याण्डमा एक/एक जना नेपालीलाई संक्रमण देखिएको छ । क्यानडामा रहेका केही नेपालीमा पनि सङ्क्रमण देखिएको जानकारी भए पनि त्यो पुष्टि गर्न नसकिएको विवरणमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...