सनसिटी अपार्टमेन्टमा कोरोना कहर : तगारो राखेर कोरोना त्रास हटाउने प्रयास

Gothatar news

काठमाडौं । मंगलबार काठमाडौंको पेप्पिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका दुई जनामा कोरोना पोजिटिभ देखिएपछि त्रसित थिए । बुधबार भएको आरडिटी परिक्षणमा २ सय ९६ जनाको रिपोर्ट नेगेटिभ आएपछि दुई दिनदेखि तनावमा रहेका स्थानीय केही खुसी बनेका छन् ।

मंगलबारदेखि तनावमा रहेका स्थानीयले तनावमुक्त हुन आफ्नो टोलमा बास तेस्र्याएर टोलभन्दा बाहिरक मानिस आवातजावत गर्न प्रतिबन्ध नै लगाए । सो अपार्टमेन्ट बसेका २ सय २६ जनाकै रिपोर्ट नेगेटिभ आए पनि स्थानीयले बास तेस्र्याउन छाडेका छैनन् ।

बुधबार बिहानदेखि नै स्थानीयले आफ्नो टोलमा बाहिरी मानिसको आउँजाउँ गर्न प्रतिवन्ध लगाएपछि नगरपालिकाका प्रमुख कृष्णहरी थापाले सामाजिक सञ्जालमार्फत अति आवश्यक पर्ने सवारी साधन चलाउनुपर्ने भएकाले बाटो अवरोध नगर्न आग्रह नै गरे । तर, स्थानीयले त्रासका कारण अहिलेसम्म बासको तगारो हटाएका छैनन् ।

मंगलबारसम्म फाट्टफुट्ट रुपमा बजार खुलेका थिए । बिहान बेलुकी अति आवश्यक सामाग्री किन्ने मानिसको बाक्लो भीड नै लाथ्यो । अरुबेला ८ बजेतिर बिहान तरकारी पसल, किराना पसल खुलेको हुन्थ्यो । तर संक्रमण देखिएसँगै बुधबार पेप्सीकोला, गोठाटार लगायतका क्षेत्र सुनसान छ । कोही पनि हम्मेसी घर बाहिर निस्किएका छैनन् । नसोचेको घटना भएपछि स्थानीयको मानसिक अवस्था नै ठीक थिएन । आतंक थियो ।

कोरोना आतंकबाट बच्न स्थानीयले बुधबार बिहानै आफ्नो टोलमा बासको तगारो राखेर बाटो बन्द गराएको कागेश्वरी मनहरा नगरपालिका वडा नं. ८ त्रिवेशी मार्गका विनोद अधिकारी बताउँछन् । त्रिबेणी मार्ग मात्रै होइन, गोठाटार, विरेन्द्र चोक लगायतका सहायक मार्गमा बास तेस्र्याएर बाटो बन्द गरिएको छ ।

बिहानदेखि बाटो छेकेर सान्त्वना बटुलेका स्थानीयले बुधबार साझदेखि भने केही खुसी भएको महसुस गर्न थालेका छन् । तथापि बाटो भने झै खुलाएका छैनन् । उनीहरुले लकडाउन अवधीका लागि बाटो बन्द गरिएको उल्लेख गरेका छन् । उनीहरुले सुचना टाँसेर टोलबासीलाई पनि अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन आग्रह गरेका छन् । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...