सनसिटी अपार्टमेन्टमा बस्ने २९६ जनाकै रिपोर्ट नेगेटिभ 

Sancit ryapit test

काठमाडौं । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुई सय ९६ जनामा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना संक्रमण परीक्षण गरिएको छ । यसरी परीक्षण गरिदाँ सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

सनसिटीमा पाँच वटा ब्लक छन् । त्यहाँ ५ सय परिवारका करिब १ हजार ५ सय जना बस्दै आएका छन् ।

अपार्टमेन्टको ब्लक ‘ए’ मा बस्ने एकै परिवारका दुई जनामा संक्रमण देखिएपछि बुधबार विहान साढे नौ बजेबाट र्‍यापिड टेस्ट विधिबाट परीक्षण सुरु गरिएको थियो ।

ए ब्लकमा बस्ने सबै र अरु ब्लकमा बस्ने स्वास्थ्य अवस्था कमजोर भएका, ज्येष्ठ नागरिक गरी  दुई सय ९६ जनाको टेष्ट गरिएको र उनीहरु सबैको रिपोर्ट नेगेभिट आएको कागेश्वरी मनहोरा नगरपालिका प्रमुख कृष्णहरि थापाले जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...