आज देशभर मेघगर्जनसहित पानी पर्ने

Weather nepal

काठमाडौं । स्थानीय वायुको प्रभाव र पश्चिमी वायुको प्रभावका कारण आज देशभरको मौसममा खरावी आएको छ । जसका कारण आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको मध्य र पूर्वका अधिकांश भू–भागमा र पश्विमीका केही भू–भागमा पू्र्ण बदली भई केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षा भईरहेको छ भने बाँकी भू–भागमा आंशिक बदली रहेको छ ।

देशको मध्य र पूर्वका केही स्थानहरु र पश्चिमका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको संभावना छ ।

आज राती देशभर आंशिक देखि सामान्य बदली रहने छ । विभागका अनुसार देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको संभावना रहेको छ ।

प्रतिकृया दिनुहोस