संक्रमणपछिको बाच्ने आशाको ओखती नै स्वास्थ्यकर्मी ! 

Dipa nepali

स्वास्थ्यकर्मी स्वास्थ्य सेवाका प्रमुख अंग हुन् । प्रत्येक स्वास्थ्य संकटका योद्दा हुन् । स्वास्थ्य जोखिमसँग लड्ने महान लडाकु हुन् । आफुलाई जोखिमको तिरमा राखेर अरुलाई बचाउने भगवान हुन् । स्वास्थ्यकर्मीको काम  र कर्तव्यलाई उनीहरुको पदले निर्धारण गरे पनि कामलाई सेवा र कर्तव्यलाई कर्म बनाएर हिड्ने स्वास्थ्य रक्षक हुन् । नेपालमा मात्र नभई विश्वका प्रत्येक मुलुकमा स्वास्थ्यकर्मीको महत्व उत्तिकै छ ।

विश्वजगत यतिखेर सुनशान र निःशब्द भएको छ । आज विश्वले स्वास्थ्य संकटको ठुलो परिस्थितिको सामना गरिरहेको छ । सन् २०१९ डिसेम्बर ३१ चीनको हुबे शहरको वुहान क्षेत्रबाट फैलिएको कोभिड–१९ को कारणले धेरै जनाको ज्यान गएको छ । यतिखेर सारा संसार नै लकडाउनमा छ । सम्पूर्ण देशका जनता चैत ११ गतेदेखि नै आफ्नो घरभित्र बसेर कोभिड –१९ को प्रत्यक्ष सामना गरिरहेका छन् । सामान्यतः भन्नुपर्दा मानव जीवनमा समान्य रोग र निकै जटिलखालको स्वास्थ्य परिस्थितिमा डाक्टर र नर्सको भुमिका र आवश्यकता निकै ठुलो र महत्वपूर्ण छ । विरामीको अन्तिम स्वाससम्म पनि बचाउन जुनसुकै मुल्य चुकाउन पनि तयार रहने भनेकै चिकित्सक र नर्स हुन् । यतिखेर मानव स्वास्थ्य र जीवनको लागि दिनरात नभनेर अहोरात्र खट्ने तिनै चिकत्सक र नर्सको उपचारमा खटिरहदाँ कयौंले ज्यानसमेत गुमाएका छन् ।

सन् १८५३ देखि १८५५ सम्म क्रिमियाको युद्ध हुदाँ फ्लोरेन्सको महत्वपूर्ण योगदान रहेको थियो । रातको अध्यारोमा पनि फ्लोरेन्स सेवामा जुटिरहेकी हुन्थिन् उनी । रातभर जागृत बसेर हातमा लाल्टिन बोकेर युद्धका घाईतेहरुको उपचारमा जुटिरहेकी हुन्थिन् । आज संसारमा विभिन्न धर्म मान्ने मानिसले पनि स्वास्थ्यकर्मी माथि नै ठूलो विश्वास गरेका छन् । नबोल्ने ढुङ्गालाई भगवान भन्दै पुजा गर्ने मान्छे पनि भगवान को हुन् भन्ने कुरा बुझ्न पाएका छन् । धेरैले डाक्टरकोमा आउनुअघि धामी झाक्री गर्नेहरु आज टाउको दुख्ने बित्तिकै डाक्टर कहा पुग्छन् । हिजो स्वास्थ्यकर्मीको विश्वास नमान्नेहरु आज अन्तिम वैकल्पिक विश्वासको पात्र डाक्टर र नर्सलाई ठानेका छन् । कोरोना भाइरस कोभिड–१९ बाट स्पेनकी ८६ वर्षीया राजकुमारी मारिया टेरेसा र बेलायतमा २ जना नर्सको मृत्यु भएको छ । इटालियन एसोसिएन अफ डक्टर्सले कोरोनाका कारण इटालीमा १ सय चिकित्सक र २६ नर्सको  मृत्यु भएको पुष्टि गरेको छ । ६ हजार ५ सय ४९ जना नर्स कोरोना भाइरसका कारण संक्रमित भएको इटालियन फेडेरेसन अफ नर्सले जनाएको छ । इटालियन इन्स्टिच्युट अफ हेल्थका अनुसार कोरोनाका कारण १२ हजार ६ सय ८१ जना स्वास्थ्यकर्मी संक्रमित भए ।

व्यक्तिगत सुरक्षात्मक सामग्रीको अभावका कारण स्वास्थ्यकर्मीहरु जोखिममा काम गर्न बाध्य भइरहेका छन् । अन्धविश्वास र भ्रमले गुज्रिरहेको मानव स्वास्थ्य आज वास्तविकताको खोजीमा छ । डाक्टर र नर्सलाई विश्वास नगर्नेहरुले आज विश्वास गर्न पुगेका छन् । नर्स र डाक्टरलाई सम्मान गर्न पुगेका छन् । मन्दिरमा ढुङ्गालाई भगवान ठान्नेहरुले वास्तविक भगवान स्वाथ्यकर्मीलाई ठानेका छन् । आज स्वास्थ्यकर्मीको महत्व र आवश्यकतालाई बुझेका छन् । स्वास्थ्य अवस्था नाजुक भएको बिरामीले अन्तिम घडीमा बाच्ने आशा डाक्टर र नर्स माथि नै गरेको हुन्छ ।

स्वास्थ्य नै धन हो भन्ने भनाईलाई सबै मानिसले बिर्सिएको बेला त्यसैको परिणाममा कोरोनाले जन्म भएको देखिन्छ । समाधान आजको मात्र नभई भविश्यको स्वास्थ्य जोखिमको उपाए खोज्नु पनि जरुरी छ । जहाँ कम संख्यामा रहेका नर्स र डक्टरको संख्या बढाउन पर्ने देखिएको छ ।  नर्स र डाक्टरको लागि भाईरस प्रतिरक्षात्मक पोशाक नै अनिवार्य बनाउनुपर्छ । कोरोनाले विश्व मानव स्वाथ्यको महत्वलाई औँल्याएको छ । केही मानव भित्रको संस्कार पनि गलत सावित भएका छन् । हग गर्ने, हात मिलाउने जस्ता संस्कारले मानव स्वास्थ्यलाई जुनसुकै समयमा जोखिम ल्याउन सक्छ भन्ने विश्वास कोरोनाले दिलाएको छ । अब नमस्कार गर्ने संस्कारलाई उत्तम ठानेको छ । कोरोनाले संस्कार मात्र होईन, मानव स्वास्थ्यको औचित्यमाथि मानवकै कमजोरी लाई देखाइदिएको छ ।

कोरोनाको कहरमा स्वास्थ्यकर्मीले आफु बाच्नु र अरुलाई बचाउनुपर्ने छ । त्यसैले कोरोनाको प्रत्यक्ष लडाईमा स्वास्थ्यकर्मी दिनरात नभनी अग्रणी भुमिका खेलिरहेका छन् । एउटा नर्स र एउटा डाक्टरले धेरै कोरोना संक्रमितलाई उपचार गर्नुपर्ने छ । यो कुनै सामान्य विषय होईन । विश्वका प्रथम र दोस्रो विश्व युद्धका सिपाही आर्मी र प्रहरी थिए भने कोरोनाको तेस्रो युद्धमा सिपाही नर्स र डक्टर हुन् । हिजोको ठूला युद्धहरु सीमित व्यक्ति, सीमित समय, सीमित ठाउँका थिए । तर आजको कोरोनाको युद्ध अनिश्चित र असीमित व्यक्ति र ठाउँहरुमा फैलिएको छ । कोरोना संक्रमित हुनुअघि व्यक्तिले बाच्ने उपाय खोज्न सक्छ । संक्रमणपछि बाच्ने एक मात्र आशाको ओखती नै स्वास्थ्यकर्मी हुन् ।

कोरोनाले रोगसँगै शोक पनि निम्त्याएको छ । अहिलेसम्म नेपालमा स्वास्थ्य मन्त्रालयले २८ जना चिकित्सक र ३० जना नर्सलाई मात्र तालिम दिएको छ । अहिलेसम्म निरन्तर कोरोनाको रोकथाम र उपचारका लागि खटिएका स्वास्थ्यकर्मीका लागि आधारभूत सामग्री र उपकरण जति मात्रामा हुनुपर्ने हो त्यति उपलब्धता छैन ।

क्वारेन्टाइनको अवस्था अनुगमन गर्ने, प्रयोगशालाको अवस्था र थ्रोट स्वाबको परीक्षण हेर्ने, कर्मचारी व्यवस्थापन कार्यको लागि सातवटै प्रदेशमा सहसचिवको नेतृत्वमा तीन÷तीन जना कर्मचारी खटाईए पनि यसको अनुगमन कमजोर रहेको छ । लकडाउन समयमै नगर्दा १३ जना संक्रमित भेटिए । चिकित्सक र नर्सलाई समयमै तालिम दिएर तयारी अवस्थामा नराख्दा कोरोनाको महामारीको संकट आएको हो । कोरोना भाइरसको जोखिम स्थितिको अवस्थामा स्वास्थ्यकर्मी अभाव देखिएको छ । समयमै पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट पीपीईलगायत स्वास्थ्य सामग्रीसमेत पर्याप्त व्यवस्था नभएको हुँदा महामारीको भय चुनौतीपूर्ण देखिएको छ ।

प्रादेशिक अस्पताल र जिल्ला अस्पताललगायत हरेक अस्पतालमा कम्तीमा ३ देखि ५ जनालाई तालिम दिनुपर्ने हो । अहिले कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ । आवश्यकताअनुसार परिचालन गरिने स्वास्थ्य सेवा सुविधा उपलब्ध गराईनुपर्छ । यदी उनीहरुलाई सुरक्षित बनाउन सकिएन भने कोही पनि सुरक्षित रहनसक्ने अवस्था छैन । त्यसकारण जतिसक्दो उनीहरुको स्वास्थ्य अवस्थालाई ख्याल गर्दै सेवा सुविधा पनि त्यति नै दिइनुपर्छ । त्यतिले मात्रै नपुग्न सक्छ । उनीहरुलाई काममा जाने वातावरण पनि त्यत्तिकै बनाइनुपर्छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...