प्रचण्ड भन्छन्, ओलीसँग कुनै मनमुटाव छैन, उहाँ ५ वर्ष सत्तामा बस्नुहुन्छ

Prachanda 1

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू र प्रधानमन्त्री केपी शर्मा ओलीबीच कुनै मनमुटाव नरहेको बताएका छन् ।

अध्यक्ष प्रचण्डले सोमबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन् कार्यक्रम’ अध्यक्ष दाहालले ओली र आफुबीच सम्बन्ध राम्रो रहेको स्पष्ट पारे ।

अन्तर्वार्ताको क्रममा पत्रकार ऋषि धमलाले तपाई र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको सम्बन्ध कस्तो छ ? भनेर सोधेका थिए । जवाफमा प्रचण्डले ओली र आफुबीच फाटो ल्याउन खोजिए पनि कुनै समस्या नरहेको जानकारी दिए ।

‘यो महामारीकाविरुद्ध मानव जातिको एकताको लागि, नेपाली जनताको एकता, नेपालका सबै शक्तिहरुको एकताको निम्ति लगातार अपिल गरिरहँदा प्रधानमन्त्री मेरै पार्टीको प्रधानमन्त्रीसँग मेरो यो विषयमा कुनै विमति भएको म देख्दिन्’ प्रचण्डले भने, ‘हामीले ऐतिहासिक रुपले एकता गरेका छौं । र, त्यो एकताको नेतृत्व गर्नेमा म र केपी ओली दुई वटा अध्यक्ष भएरनै मुख्य पहल लिएको हुनाले यतिबेला म फेरि विवादका कुरा, विमतिका कुरातिर जान चाहन्नँ । जो मान्छेहरु त्यसरी जान्छन् या प्रचार गर्छन् । उनीहरुले बास्तवमा देशको, जनताको आवश्यकत्ता र भावनालाई बुझेका छन् जस्तो मलाई लाग्दैन । म चाहीँ अहिले त्यतातिर टिप्पणी गर्न चाहन्न ।’

केपी ओली नै ५ वर्षको लागि प्रधानमन्त्री हो भन्ने प्रश्नमा अध्यक्ष दाहालले भने, ‘सरकार परिवर्तनको अहिले सम्भावना छैन । त्यो कुरा टुँगिसक्यो ।’

उनले प्रधानमन्त्री हुनको लागि भित्रभित्रै गृहकार्य नगरेको र यसमा कुनै सत्यता नरहेको पनि बताए । ‘त्यो बेकारको कुरा हो । त्यो सब चाहीँ मान्छेले मनोगत रुपमा आफ्नो चाहीँ बनको बाघले खानु कहाँ छ ? कहाँ ? मनको बाघले खाएजस्तो कसैलाई लाग्या होला । त्यो बेकारको कुरा हो’ उनले भने, ‘केपी ओलीजी नै पाँच वर्षको प्रधानमन्त्री हो । अहिले हामी सबै कोरोनाको विरुद्ध संघर्षमा छौं ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...