अन्तरजातीय विहेको पिडाः सुत्केरी प्रमिलाको विचल्ली श्रीमानले अर्की श्रीमती लिएर फरार

पाँचथर ।  अन्तरजातीय विवाह गरेकी एक महिलाका श्रीमान अर्की श्रीमती लिएर फरार भएका छन् । ०७४ असोज २ गते पाँचथरको याङवरक ४ थर्पुकी १७ वर्षिया प्रमिला सिवाले ताप्लेजुङ सिदिम्बा ४ साब्लाखुका विजय ताम्लिङसँग अन्तरजातिय भागी विवाह गरेका थिइन ।

श्रीमानले छोडेपछि प्रमिला विचलीमा परेकी हुन् । प्रमिला अहिले सुत्केरी भएपछि उनी अहिले साहाराविन बनेकी छन् । विवाह भएको एक वर्षपछि श्रीमान्ले उनलाई छोडेर अर्की श्रीमती लिएर फरार भएपछि प्रमिला अहिले जिल्ला अस्पताल पाँचथरमा सुत्केरी भएकी छिन् । उनको सोमबार त्यस अस्पतालमा छोरी जन्माएकी हुन् । 

०७५ असोज देखि विजय विदेश जाने भन्दै झापाको काँकडभिट्टा बाट सिवालाई छोडेर फरार भएका थिए । उनलाई अल्पकालिन आश्रय सहितको सेवा केन्द्र मातहत उनको निगरानी भइरहेको नेपाल जनउद्धार संघ पाँचथरका उपाध्यक्ष छेउमाँया तामाङले जानकारी दिए ।

प्रतिकृया दिनुहोस