कैदी श्रीमानलाई अस्पतालको शौचालयमा विष सेवन गराई आत्महत्याको प्रयास

काठमाडौँ । जेल परेका श्रीमानलाई नियमित चेकजाँचका लागि अस्पताल पुगेका एक कैदीलाई श्रीमतीले विष सेवन गराएकी छन् । नियमित चेकजाँचका लागि भेरी अञ्चल अस्पताल पुगेका बाँके जानकी गाउपालिका–३ का २५ वर्षीय सुनिलकुमार तिवारीले अस्पतालको शौचालयमा विष सेवन गरेर आत्महत्या गरेका छन् ।

तिवारीसँगै बिष सेवन गरेकी उनकी श्रीमतीको गम्भीर अवस्थामा उपचार भई रहेको प्रहरीले जनाएको छ ।नेपालगन्ज कारागारका जेलर भरत पाण्डेका अनुसार तिवारीले आफ्नै श्रीमतीको सहयोगमा विष सेवन गरेका थिए । मृतक तिवारी २०७५ बैशाख ३ गते लागूऔषध ब्राउन सुगरको मुद्दामा थुनुवाको रुपमा कारागार आएका थिए ।

जेलर पाण्डेका अनुसार तिवारीलाई अस्पताल उपचारको लागि लगेको बेलामा तिवारीकै श्रीमतिले अस्पतालको शौचालयमा पहिला आफुले विष सेवन गरी तिवारीलाई शौचालयमा राखेको संकेत दिएकी थिइन । शौचगर्न गएका तिवारीले लामो समयसम्म ढोका नखोलेपछि प्रहरी शौचालयको ढोका फोडेका उनलाई बाहिर निकालेको थियो ।घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...