लोकसेवाको विज्ञापनबारे ‘प्रचण्ड’ भन्छन्ः आत्तिनु पर्दैन प्रधानमन्त्री ओली आएपछि निर्णय गछौँ

आउने दिनमा पर्याप्त गृहकार्य गरेर ल्याउनेतिर जान्छ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकसेवा आयोगको विज्ञापनबारे मुख खोलेका छन् । चितवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै दाहालले प्रधानमन्त्री  केपी शर्मा ओली स्वदेश फर्किएपछि निर्णय लिइने बताएका छन् ।

उनले भने,समितिको निर्देशनलाई अध्ययन गरेर सकारात्मक निष्कर्षमा पुग्ने बताए । ,‘समितिले एक ढंगले निर्देशन गर्‍यो । सरकारले एक खालले आफ्नो भनाइ राखिराखेकै छ । प्रधानमन्त्रीजी आएपछि छलफल गरेर सकारात्मक निष्कर्षमा पुग्छौं दाहालले भने, । 

मिडिया काउन्सिल विधेयक, गुठी विधेयक लगायतलाई आवश्यक परिमार्जन गरेर लैजाने भन्दै उनले भने, ‘जति गृहकार्य भएर आउनुपर्ने हो, त्यसमा केही कमी रहेको देखिन्छ । सरकार र पार्टी सतर्क भएको छ र आउने दिनेमा पर्याप्त गरेर गृहकार्य ल्याृउनेतिर जान्छ ।’


प्रतिकृया दिनुहोस