राजधानीमा पाँच प्रकारका यौनकर्मी सक्रिय, तीनको मासिक कमाई कति ?

काठमाडौँ । राजधानीका विभिन्न ठाउँमा खुलेम यौनधन्दा हुने गरेको छ । ती ठाउँमा पैदल यात्रीदेखि कारसम्म चढ्ने खालका यौनक्रर्मी यौनधन्दा गराउछन् । रत्नपार्क,नयाँ बसपार्कको पुलमा र काठमाडौँको ठमेल जस्ता ठाउँमा ती यौन व्यवसायी भेटिने गर्छन् ।

यौन व्यवसायीका ग्राहक पनि फरक–फरक हुने गरेका छन् । यौनप्यासीहरुले पनि आफ्नो आम्दानी हेरेर यौनप्यास मेटाउने गरेका छन् । राजधानीका आकाशेपुल देखि तारे होटलमा यो व्यवसाय फस्टाएको छ । पहिलो श्रेणीका यौनकर्मी जो महंगा गाडी चढ्छन् ।

उच्च घरानाका उनीहरू बाहिर कमैमात्र देखिन्छन् । उनीहरूका पार्टनर पनि उच्च ओहदाकै हुन्छ । ती यौनकर्मिको कमाइ महिनामा कम्तिमा डेढदेखि दुई लाखसम्म हुने गर्दछ । दोस्रो श्रेणीका यौन व्यवसायी जो सम्पर्कका आधारमा मात्र व्यवसाय गर्छन् ।

 ठूलठूला होटेलको सम्पर्कमा हुन्छन् । होटेलले सम्पर्क गरे मात्र उनीहरु व्यवसायमा जान्छन् ।  उनीहरू ग्राहक खोज्दै हिँड्दैनन् । सधैं व्यस्त पनि हुँदैनन् । उनीहरु थोरै समयमा मनग्यै कमाउँछन् । उनीहरूको कमाइ महिनामा एक लाख देखि डेढ लाख आसपास हुन्छ । तेस्रो प्रकारका यौन व्यवसायी जो डान्सबार, गेस्ट हाउसलाई आफ्नो सम्पर्क स्थान बनाएर व्यवसाय गर्छन् ।

 उनीहरू डान्सबारलाई सम्पर्क स्थान बनाएर मोबाइलमार्फत सम्पर्क गरेर ग्राहकले बोलाएको स्थानमा पुग्छन् वा आफुले बोलाउँछन् । उनीहरूको कमाइ महिनामा ५० हजारदेखि एक लाखको आसपासमा हुन्छ । यसमा पनि यौनकर्मिको उमेर, , सुन्दरता, क्षमता, अनुभव, सम्पर्कका आधारमा कसैले यो भन्दा बढी पनि कमाउछन् ।

चौथौ प्रकारका यौन व्यवसायी भनेका ग्राहक फेर्दै र खोज्दै हिँड्दैनन् । उनीहरूका नियमित ग्राहक एउटै हुन्छन् । उसैबाट तिनीहरूले आफ्ना सबैजसो आवश्यकता पूर्ति गर्छन् । लामो समयपछि मात्र सहमतिमा उनीहरू पार्टनर परिवर्तन गर्छन् ।

उनीहरूको कमाइ पुग्ने जति हुन्छ । धेरै हुदैन ।  घरव्यवहार चलाउन पुग्ने हुन्छ । र पाँचौं किसिमका यौनकर्मी उमेर ढल्कदै गएका हुन्छन् । थोरै पैसाका लागि पनि उनीहरू यौन बेच्न तयार हुन्छन् । सडकपेटीमा, भट्टीमा उनीहरू सय, पचास रुपैयाँ कमाउनका लागि समेत राजी हुन्छन् ।  यिनै यौनकर्मीमा एड्सको खतरा बढी रहेको पाइएको छ । 

पैसाको लोभमा कण्डमको प्रयोग नै नगरि यौन सम्पर्क राख्दा एचआईभीको जोखिम हुन्छ । नेपालमा असुरक्षित यौन सम्पर्कका कारण ९० प्रतिसतलाई एचआईभी संक्रमत भएको पाइएको छ । 

उमेर ढल्कदै गएपछि ग्राहक नपाउने पिरलोका कारण धेरै जसो प्रौढ योनकर्मिमा डिप्रेसनको समस्या हुन्छ । पहिले बिन्दास पाराले खर्च गर्ने बानी परिसकेको हुनाले उमेर छिप्पिदै गएपछि उनीहरुको कमाईको श्रोत घट्दै जाने हुनाले उनीहरुलाई खर्चको जोहो गर्न मुस्किल पर्छ ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...