१ महिनादेखि बन्द धनगढी विमानस्थल आजदेखि खुल्ने

काठमाडौं ।  एक महिना अघिदेखि बन्द धनगढी विमानस्थल बुधवारदेखि सञ्चालनमा आउने भएको छ । धावनमार्ग मर्मतका लागि वैशाख २२ देखि बन्द विमानस्थल आजबाट सञ्चालनमा आउन लागेको हो । धावन मार्गको मर्मत सुधार र पार्किङ क्षेत्र विस्तारको काम अन्तिम चरणमा पुगेकाले बुधवारदेखि विमानस्थलमा नियमित उडान सुरु गर्ने तयारी भइरहेको विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले जानकारी दिए ।


८५० मिटर लम्बाई र साढे ४ फिट गहिराइको खाडल पुरिसकेपछि कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगेको विमानस्थलका प्रमुख बुढथापाले बताए । झण्डै २२ करोडको लगानीमा धनगढी विमानस्थलमा धावनमार्ग, पार्किङ क्षेत्र विस्तारलगायतको कार्य सुरु भएको थियो ।


अहिले धनगढी–काठमाडौं रुटमा नेपाल एयरलाइन्स, बुद्ध र श्री एयरलाइन्सले दैनिक ५ वटा उडान भर्दै आएका छन् । विगत एक महिनादेखि हवाइ सेवा बन्द हुँदा हवाई यात्रुलाई मर्का परिरहेको थियो ।

प्रतिकृया दिनुहोस