कैलाली र कन्चनपुरमा आज बिहानै फेरि हावाहुरीसहितको वर्षा

जनजीवन प्रभावित

कैलाली । कैलाली र कञ्चनपुर जिल्लामा आज फेरि हावाहुरीसहित वर्षा भएको छ । आज बिहानैदेखि सुरु भएको हावाहुरीसहितको वर्षाले जनजीवन प्रभावित भएको कैलालीका प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले जानकारी दिए ।


गत बिहीबार पनि कैलाली आएको भीषण हावाहुरीमा परेर दुई जनाको मृत्यु भएको थियो भने ८० जनाभन्दा बढी घाइते भएका थिए । त्यसैगरी कञ्चनपुरमा पनि बिहीबार आएको हावाहुरीमा २५ जनाभन्दा बढी घाइते भएका थिए । हावाहुरीले कैलाली र कञ्चनपुरमा ठूलो क्षति पुर्‍याएको थियो ।


पीडितहरुले राहतसमेत नपाइरहेको अवस्थामा आज पुनः हावाहुरीसहितको वर्षा भएपछि जनजीवन झन् प्रभावित भएको स्थानीयले बताएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...