संसदीय समितिको निर्देशनबारे लोकसेवा आयोगले थाल्यो छलफल

संसदीय समितिको निर्देशनबारे लोकसेवा आयोगले थाल्यो छलफल

काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले स्थानीय तहका लागि लोकसेवा आयोगले खुलाएको विज्ञापन रद्द गर्न निर्देशन दिएलगत्तै अब के गर्ने भन्ने विषयमा आयोगले छलफल थालेको छ । स्थानीय तहका लागि खुलाइएको विज्ञापन रद्द गर्न संसदीय समितिले निर्देशन दिएलगत्तै आयोगले समितिको निर्देशन मान्ने वा नमान्ने विषयमा छलफल सुरु गर्ने भएको हो ।

आयोग स्रोतअनुसार आयोग अध्यक्ष उमेश मैनाली देश बाहिर रहेकाले उपलब्ध आयोग पदाधिकारीले अनौपचारिक छलफल थालेका छन् ।

अध्यक्ष मैनाली स्वदेश फर्किएलगत्तै बस्ने आयोग पदाधिकारीको पूर्ण बैठकले यसबारे निर्णय लिनेछ । नागरिक दैनिकबाट

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

लोकसेवाको बिज्ञापन रद्द नहुने, लोकसेवाले फेरि २५ हजार कर्मचारीका लागि बिज्ञापन गर्दै

काठमाडौँ । स्थानीय तहमा अझै २५ हजार कर्मचारीको रिक्त रहेकाले चाँडै पदपूर्ति गर्ने सङ्घीय मामिला  ...