थलीबासीसँग तीन बुँदे सहमतिपछि बाटो खुल्यो

काठमाडौं । थलीबासीसँग तिन बुँदे सहमति भएपछि बाटो खुलेको छ ।  तत्काल हिलो सोहोर्ने र एक हप्ताभित्र बाटो सम्याउने सहमतिपछि अवरुद्ध मूलपानी–डाँछी सडकखण्डको आवागमन सुचारू भएको हो ।  बाटो पिच नभएर वर्षौं सास्ती बेहोरेपछि आजित भएर थलीबासी मंगलबार बिहानबाट बजार ठप्प पारेर आन्दोलनमा उत्रिएका थिए ।

केहीबेरअघि नगरपालिका र आन्दोलनरत नेपाल विद्यार्थी संघबीच ३ बुँदे सहमति भएको जनाइएको छ । सहमतिअनुसार नगरपालिकाले चाबहिल–साँखु सडक खण्डअन्तर्गत सानोथली ओह्रालोदेखि व्यञ्जन पार्टी प्यालेससम्मको बिग्रिएको बाटो बनाउने सहमति भएको छ ।

तत्काल बाटोमा थुप्रिएको हिलो फाल्ने, एक हप्ताभित्र बाटो सम्याउने र तत्काल बाटो पिच गर्न पहल गर्ने समझदारी भएपछि बाटो खुलेको छ ।

 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...