श्रीमान मलेसियामा हुँदा घरमा देवरसँग मस्ती, अवैध बच्चा जन्मेपछि हत्या

नुवाकोट । श्रीमान मेलेसियामा वैदेशिक रोजगारीमा छन् यता श्रीमती भने आफ्नै देवरसँग अवैध सबन्ध राख्दै आएको खुलेको छ । वैदेशिक रोजगारीले ल्याएको विकृति मौलाएको बेला नुवाकोटमा एउटा यस्तै काण्ड बाहिरीएको छ ।

ती देवर भाउजुको अवैध सबन्धबाट जन्मिएको बच्चा मारेको आरोपमा पक्राउ परेका छन् । उनीहरुले अवैध सम्बन्धबाट जन्मिएको बच्चा मारेर फालेको अभियोगमा नुवाकोटको तारकेश्वर गाउँपालिकाबाट देवर–भाउजु नै पक्राउ परेका छन् ।

तारकेश्वरको तारुकाका २२ वर्षीया सविना अधिकारी र उनका देवर २३ वर्षीय विनोद अधिकारीलाई शिशु मारेर फालेका कारण पक्राउ गरेको नुवाकोट जिल्ला प्रहरीका प्रहरी निरीक्षक कैलाश भट्टराईले जानकारी दिए ।

दुवैलाई विदुरस्थित जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । नवजात छोरीको हत्या गरी मलकुण्डमा गाडेको अवस्थामा बुधबार बिहान फेला परेपछि उनीहरु पक्राउ परेका हुन् ।

सविनाका पति चार वर्षदेखि मलेसियामा छन् । चार वर्षका छोराकी आमा सविनाले देवरसँगको यौन सम्बन्धबाट जन्मेको नाबालिका मारेर फालेको नुवाकोट प्रहरीले जनाएको छ । उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान भैरेहेको प्रहरीले जनाएको छ । 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...