माइक्रोबसमा युवतीले कराउँदै दाइ के गरेको लाज लाग्दैन् ? भनेपछि...

काठमाडौँ । कंलकीदेखि रत्नपार्क आउँदै गरेको माइक्रोबसमा एक युवतीले आतिदै भनिन् दाइ तपाईलाई लाज लाग्दैन । युवतीको आवाज सुनेपछि बसभित्रका सबै यात्रीको ध्यान त्यतातिर गयो । सिट महिलाको लागि छुट्याइएको थियो ।

तर उनको छेउमा एकजना युवक बसिरहेका थिए।युवक घरीघरी बुर्का लगाएकी ती युवतीको थाइमा हातले छुन्थे । युवतीले असहज महसुश गरेको स्पष्ट रुपमा देख्‍न सकिन्थ्यो । उनी बेलाबेला युवकको हात पन्छाउँछिन् तर युवक फेरि त्‍यही कार्य दोहोर्‍याउँ

केही हप्ता पहिले दिउँसोको समयमा रत्‍नपार्कबाट कोटेश्‍वरतर्फ जाँदै गरे को बस यात्रुले खचाखच भरिएको थियो। उभिरहेका यात्रुहरु मध्य एक अधवैँसे पुरुषले छेउमै उभिरहेकी युवतीको हिपमा हात पुर्‍याए।आफ्नो शरीरमा नचिनेका पुरुषले छोएपछि उनले सानो स्वरमा भनिन्, ‘प्लिज, डन्ट टच मी ।’ भक्तपुरबाट रत्‍नपार्कतर्फ जाँदै गरेको बसको अन्तिम सिटको झ्यालको छेउमै दुई युवती बसिरहेका थिए ।

उनीहरुको छेउमा एक जना पुरुष बसिरहेका थिए। बस आफ्नै रफ्तारमा गुडिरहेको थियो। पुरुषले आफ्नो छेउमा बसिरहेकी युवतीको छातितर्फ कुइनो घरी–घरी लगिरहेका थिए।युवतीले पुरुषको कुइनोलाई रोक्ने कोसिस गरिरहेकी थिइन् । यत्तिकैमा युवती कराइन्,९‘दाइ के गरेकोरु लाज लाग्दैन ?

उनले आफूमाथि भएको दुर्व्यवहारको यसरी प्रतिकार गर्दा गाडिका अरु यात्रुको ध्यान उनीतिर केन्द्रित भएको थियो । माथि उल्लेख गरिएका यी घटना सार्वजनिक यातायातमा महिलामाथि हुने हिंसाका प्रतिनिधि घटना मात्रै हुन् । यस्ता घटना सार्वजनिक यातायातमा दिनहुँ भइरहेका हुन्छन् ।

पछिल्लो समय सार्वजनिक यातायातमा महिला माथि हुने यौन दुर्व्यवहारका घटना दिनप्रतिदिन बढिरहेका छन् । केही समय पहिले डल्लु–लगनखेल रुटमा चल्ने सार्वजनिक बसमा एकजना युवकले अश्लिल हर्कत गरेको भिडियो सार्वजनिक भएको भयो ।

उक्त भिडियो सार्वजनिक भए पश्चात एक पटक नेपालको सार्वजनिक यातायातमा महिलामाथि हुने दुर्व्यवहारको अवस्थालाई सतहमा ल्याइदिएको छ । उक्त घटनाको अनुसन्धान भइरहेको महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता पूजा सिंहले बताइन् ।

सार्वजनिक यातायातमा महिलामाथि हुने दुर्व्यवहारको यो एक ज्वलन्त उदाहरण हो । सार्वजनिक यातायातमा महिलामाथि हुने यस्ता घटना दिन प्रतिदिन बढिरहेको प्रहरीको बुझाइ छ।उक्त घटनामाथि प्रहरीले अनुसन्धान गरिरहेको बताए पनि अहिले सम्म कुनै उपलब्धि हासिल गर्न सकेको देखिँदैन ।

सार्वजनिक यातायातमा महिलामाथि भइरहको यौन दुर्व्यवहार तथा महिला हिंसा न्यूनीकरण गर्ने उद्देश्यले महानगरीय प्रहरी परिसर काठमाडौँले उपत्यकामा सेफ्टी पिन अप्रेशन अभियान सञ्‍चालन गरिरहेको छ ।सार्वजनिक यातायातमा महिलामाथि हिंसाका घटना बढ्न थालेपछि यो अभियान थालिएको प्रहरीले जनाएको छ ।

‘यात्रुले दिएको सूचनाका आधारमा प्रहरीले महिलामाथि यौन दुर्व्यवहार गर्नेलाई नियन्त्रणमा लिइ कारबाही प्रक्रिया अगाडि बढाएको प्रहरीले बताएको छ । सार्वजनिक यातायातमा आफ्नो छेउमा बसिरहेका वा उभिरहेका यात्रुको शरीरमा टाँसिने, उभिनका लागि सपोर्ट लिएर डण्डी समातेको हातमाथि हात राख्ने ।

संवेदनशिल अंगमा छुने, केटीको अनुहार ट्वाल्ल परेर हेर्ने, अश्लिल शब्दहरुको प्रयोग गर्ने जस्ता हर्कत गरिहेका हुन्छन् । जस अन्र्तगत गएको साउन महिनादेखि सुरु भएको सेप्टी पिन अभियानमा अहिलेसम्म प्रहरी तथ्याङ्क अनुसार अश्लिल हर्कतमा २८ जना, शरी रिक यौनजन्य दुर्व्यवहारमा ३३ जना र अपशब्द, अश्लिल गाली गलौजमा ९ जना पक्राउ परेका छन् ।

महिलामाथि दुर्व्यवहार हुने रुटको नमुना संकलन गरेर सोही नमूनाका आधारमा बढी दुर्व्यवहार हुने रुटको पहिचान गरी, सादा पोशाकमा प्रहरी परिचालन गरेर दुर्व्यवहार गर्नेलाई नियन्त्रणमा लिँदै आएकासमेत प्रहरीले बताएको छ । 

सार्वजनिक यातायातमा महिलामाथि हुने दुर्व्यवहार दिनहुँ बढिरहेको छ । तर पछिल्लो समयमा महिला माथि हुने दुर्व्यवहार कम भएको प्रहरीले दाबी गरेको छ । साथै सार्वजनिक यातायातमा हुने महिला दुर्व्यवहार न्यूनकरण नभएसम्म प्रहरीको सेफ्टी पिन अपरेशन नरोकिने प्रहरीले जनाएको छ ।

तर प्रहरीको यो अभियान प्रभावकारी नभएको सर्वसाधारणको बुझाई रहेको छ । दश वर्षभन्दा माथिको व्यक्तिले स्वास्थ्य विज्ञान वा चिकित्सा सम्बन्धी उपचारको प्रयोजनका लागि बाहेक सार्वजनिक स्थानमा अश्‍लिल क्रियाकलाप वा व्यवहार गर्न वा यौनाङ्ग देखाउन वा कसैलाई अश्‍लिल शब्द बोल्न, इशारा गर्न नहुने ऐनमा उल्लेख छ ।

यस्तो कसूर गर्ने व्यक्तिलाई ६ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने छ ।त्यसैगरी, कसैले सार्वजनिक स्थानमा वा अरु मानिसले देख्‍ने गरी अन्य कुनै स्थानमा कसै सँग यौन क्रियाकलाप गर्न वा कुनै किसिमको अप्राकृतिक मैथुन गर्न नहुने ऐनमा उल्लेख गरिएको छ ।

मुलुकी अपराध संहिता अनुसार सार्वजनिक स्थानमा यौनाङ्ग देखाउन तथा कसैलाई अश्लिल गालीगलौज गर्न निषेध गरेको छ । यस्तो कसूर गर्ने व्यक्तिलाई १ वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने उल्लेख छ । तर पछिल्लो समय विभिन्‍न सार्वजनिक यातायातहरुमा सीसी क्यामेरा समेत जडान गरिएको छ । जसले गर्दा केही दहसम्म यातायातमा हुने विभिन्‍न गतिविधि कम गर्न मद्दत गर्दछ ।


प्रतिकृया दिनुहोस