लोकसेवाको बिज्ञापन रद्द गरे लाखौको जुलुस निस्किने, कसले समात्दैछ सांसदको कठालो ?

सांसदहरु नै भावनामा बहकेर आयोगको विज्ञापनको विरोध गर्नु जायज नभएको अध्यक्ष मैनालीको तर्क

काठमाडौँ । लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीले आफू राजिनामा दिन तयार रहेको बताएका छन् । अध्यक्ष मैनालीले आफूले गरेको कामको आलोचना भइरहे राजीनामा दिनसक्ने बताएका हुन् ।

अधिकांश स्थानीय तहमा एक वटा मात्र अधिकृतको माग भएर आएको र त्यस्तो ठाउँमा समावेशी विज्ञापन निकाल्न असम्भव रहेको सुनाए । आयोगले ९ हजार १ सय ६१ कर्मचारीको भर्ना निकाल्दा समावेशी विज्ञापन प्रकाशन नभएको भन्दै अहिले मधेश केन्द्रित दलहरुले आन्दोलन तिव्र पारेका छन् ।

सोालोडोलो खोलेर विज्ञापन निकाल्न असमर्थ रहेको मैनालीको भनाई छ । आयोगले कर्मचारी समायोजन ऐनमै टेकेर विज्ञापन गरेको मैनालीको जिकिर छ । जस्लाई कर्मचारी आवश्यक्ता परेको छ ।

त्यस्ता स्थानीय तहहरुले विज्ञापनको विरोध नगरेको उल्लेख गर्दै मैनालीले नबुझेर केही सांसदहरुले लोकसेवाको विरोध गरेको मैनालीको भनाई छ । ऐन नै सांसदहरुले बनाएका हुँदा त्यस्ता सांसदहरु नै भावनामा बहकेर आयोगको विज्ञापनको विरोध गर्नु जायज नभएको मैनालीको तर्क छ ।

पछिल्लो समय आयोगले सार्वजनिक गरेको कर्मचारी भर्नासम्बन्धी विज्ञापनको आलोचना गर्नेहरुले नियम नै नबुझेको मैनालीको दावी छ । संविधान र नियमअनुसार नै निकालिएको विज्ञापनलाई अनावश्यक रुपमा गलत प्रचार गरिएको मैनालीको जिकिर छ । सामान्य प्रशाशन मन्त्री लालबाबु पण्डितले पनि बिज्ञापन रद्द नहुने बताएका छन् । 

मधेशी दलका नेताहरुले विरोध गर्दैमा विज्ञापन गलत ठहर हुन नसक्ने उनले बताए । कर्मचारी भर्नासम्बन्धी विज्ञापन रद्ध गर्ने हो भने लाखौँ जनता सडकमा उत्रिने र सरकारलाई सकस पर्ने मैनालीको तर्क छ । यस्तै अवस्था रहे लोक सेवा आयोग नै विघटन गर्नुपर्ने अवस्था आउन सक्ने उनले बताए ।

लोक सेवाले स्थानीय तहका लागि ९ हजार १ सय ६१ आवेदन माग गरेको छ । संविधानले प्रत्येक स्थानीय तहलाई सरकार मानेकाले छुट्टाछुट्टै विज्ञापन गर्नुपर्दा आरक्षण छुट्याउन नसकिएको बताएको छ ।

प्रतिकृया दिनुहोस