पोखराको डेभिजफल्समा देखियो नेपाली सेनाको यस्तो प्रयास

पोखरा । गरे के हुन्न र ? तर, प्रयास नै नगर्दा मात्रै साना ठूला दुर्घटना हुँदा पनि उद्धार गर्न कठिनाई भइरहेको छ । तर, नेपाली सेनाले यस्तो अभ्यास गरेको छ,  फेवातालमा डुबेको बेलामा कसरी उद्धार गर्न सकिन्छ भन्ने कला देखाएर सबैलाई चकित बनाएको छ । 

शनिबार बिहान ९ बजेको दृश्य फरक थियो । पर्यटकहरू थिए नै । नेपाली सेनासँगै अन्य सात मुलुकका सेनाहरूले डेभिजफल्स घेरिएको थियो । नेपाली सेनाले आपतकालीन अवस्थामा कसरी उद्धार गर्न सकिन्छ भनेर अध्यास गर्दा नेपाली सेनामा रहेको कौशलताको प्रशंसायोग्य थियो । 

अभ्यासकै क्रममा शनिबार नेपाली सेनाले सात देशका द्वन्द्व व्‍वस्थापन निर्देशनालयका सेनाका उच्च अधिकारी सहितको टोलीलाई विपतमा उद्धार कसरी गर्न सकिन्छ भन्ने कला देखायो । नेपाली सेनाका मेजर विक्रम रानाले विदेशी सेनासामू नेपाली सेनाले सैन्य अभ्यास देखाएको बताए । 

शुक्रबार नेपाली सेनाले फेवातालमा डुबेको बेलामा कसरी उद्धार गर्न सकिन्छ भन्ने कला देखाएको थियो । शनिबार नै सेती खोँचमा नेपाली सेनासहित अन्य देशका सेनाले सैन्य अभ्यास गरेका थिए । सैन्य अभ्यासमा नेपाल, अमेरिका, श्रीलंका, माल्दिभ्स, इण्डोनेशिया, बंगलादेश, क्यानडाका युद्ध विशेष टिमको सहभागिता रहेको छ । 

उद्धार अभ्यासको अवलोकन र त्यसपछि उद्धारका क्रममा भएको अभ्यास बारेमा छलफलमा पनि विदेशी सैनिकहरूको सहभागीता हुन्छ । ‘डिजास्टर रेस्पोन्स एक्सरसाईज एण्ड एक्सचेन्ज’ (डिआरईई) नामाकरण दिइएको सैन्य अभ्यास नेपाली सेना र अमेरिकी सेनाको एसिया प्यासेफिक कमाण्डले संयुक्त रुपमा आयोजना गरेका छन् ।

नेपालको तर्फबाट नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, नेपाल रेडक्रस, स्थानीय विपत् व्यवस्थापन समिति, नेपाल टेलिकम, विमानस्थलका कर्मचारी र स्थानीय निकायका प्रतिनिधिको समेत सहभागिता छ । जेठ १२ सम्म चल्ने अभ्यासमा करिब २ सय २० जना सहभागी रहेको नेपाली सेनाको विपत् नियन्त्रण निर्देशनालयका सहायक रथी जितबहादुर गुरुङले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...