राहु गान्धीको राजीनामा बैठकबाटै अस्वीकृत

काठमाडौं । लोकसभा चुनावमा नराम्ररी हार व्यहोरेपछि राजीनामा दिएका भारतीय कांग्रेस अध्यक्ष राहुल गान्धीको राजीनामा अस्वीकृत भएको छ । 

हारपछि गान्धीले राजीनामा दिने प्रस्ताव राखेका थिए । तर कांग्रेस कार्यसमितिले त्यसलाई अस्वीकार गरेको हो । 

चुनावपछि बसेको कांग्रेस कार्यसमितिको बैठकमा राहुलले पद छोड्ने प्रस्ताव राखेका थिए । बैठकमा यूपीए अध्यक्ष सोनिया गान्धीसहित वरिष्ठ नेताहरु थिए । 

बैठकले चुनावी नतिजालाई स्वीकार गर्ने निर्णय गरेको प्रवक्ता रणदीप सिंह सुरजेवालाले बताएका छन् । प्रवक्ता सुरजेवालालले भनेका छन्, ‘कांग्रेस अध्यक्षले राजीनामाको प्रस्ताव राखे तर, कार्यसमितिले एक स्वरले खारेज गरेको छ । किनकी अहिले उनको नेतृत्व आवश्यक छ ।

लोकसभा चुनावमा कांग्रेसले नराम्रो हार व्यहोरेको छ । उसले थुप्रै राज्यमा खाता समेत खोल्न सकेन र जम्मा ५२ सिट जितेको छ । चुनावमा निराशाजनक प्रदर्शनपछि राहुलको नेतृत्व क्षमतामाथि प्रश्न उठेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...