विद्यालयकी प्रधानाध्यापक जोशी नै सुन चोर भएपछि...

सिन्धुपाल्चोक । विद्यालयका प्रधानाध्यापकले सुन र नगद नै चोर्लान् भनेर कसले पत्याउँछ र ? तर सिन्धुपाल्चोकको मेचम्चीको विद्यालयकी प्रधानाध्यापकले नै अभिभावकको घरमा गएर सुन र नगद चोरेको पाइएको छ । 

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ खानीगाउँस्थित श्री भैरवीदेवी आधारभूत विद्यालयकी प्रधानाध्यापक कमला जोशीले स्थानीय माया घलेको घरमा पसी मादक पदार्थ सेवन गरी दुई तोलाभन्दा बढी सुन र नगद तीन हजार चोरेको स्वीकार गरेकी छन् । 

घलेको घरबाट सुनका गहना र नगद पनि हराएको र प्रअ जोशीले औंठी लगाएको देखेपछि सुन चोरेको रहस्य खुलेको थियो । जोशीले सुन चोरेर भाग्ने क्रममा स्थानीयवासीको सहयोगमा बाटोबाटै नियन्त्रणमा लिएको घलेको भनाइ छ । स्थानीयवासीको सहयोगमा जोशीलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाइएको थियो ।

लामो समयदेखि सोही स्कूलमा पढाउँदै आएकी जोशीले दिउँसो ३ बजेतिर माया घलेको घरमा पसेर दराजमा भएको सुन चोरेको घलेले बताइन् । अभियुक्त जोशी पटकपटक विभिन्न घटनामा संलग्न रहेको आरोप लाग्दै आएको मेलम्ची नगरपालिकाका शिक्षा शाखाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताए ।

जोशी कहिले स्कूल जाने त कहिले नजाने गरी काम गर्दै आएको र स्कूल जाँदा पनि मादक पदार्थ सेवन गरेर जाने गरेको स्थानीयवासी गोविन्द घलेको भनाइ छ । जोशीलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यलय मेलम्चीमा राखिएको प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...