लोकसेवा आयोगमा पुग्यो १४ हजार ६ सय ६२ रिक्त पदपूर्ती गर्ने पत्र, बुधबार विज्ञापन गर्ने तयारी तीव्र

काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहमा रिक्त रहेका विभिन्न पदहरुका लागि आगामी बुधबार विज्ञापन गर्दैछ । त्यसका लागि गृहकार्य पनि तीव्र बनाएको छ । 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहबाट प्राप्त थप रिक्त दरबन्दीसहित १४ हजार ६ सय ६२ रिक्त पदहरू पदपूर्तिका लागि लोक सेवा आयोगमा पठाइसेको छ । मन्त्रालयले शुक्रवार विज्ञप्ति जारी गर्दै माग भई आएका पदहरू एकीकृत गरी पदपूर्ति गर्ने प्रयोजनार्थ लोक सेवा आयोगमा पठाएको जनाएको छ ।

‘प्रदेश लोक सेवा आयोग गठन भई नसकेको अवस्थामा स्थानीय तहहरूले यस मन्त्रालयमार्फत पठाएको मागको आधारमा लोक सेवा आयोगले पदपूर्ति गर्न सक्ने व्यवस्था कर्मचारी समायोजन ऐन, २०७५ को दफा १२ मा रहेको हुँदा सोही बमोजिम विभिन्न ५५५ स्थानीय तहबाट करिब १४, ६६२ रिक्त पदहरूमा पदपूर्तिका लागि माग भई आएको र ती मागहरू एकीकृत गरी पदपूर्ति गर्ने प्रयोजनार्थ लोक सेवा आयोग पठाई सकिएको छ’ मन्त्रालयले विज्ञप्तिमा भनेको छ ।

स्थानीय तहहरुलाई वैशाख २० गतेसम्म विवरण पठाउने अन्तिम समय तोकिएको भए पनि म्याद सकिएपछि पनि पठाईरहेपछि २५ गतेसम्म प्राप्त विवरणहरू संकलन गरी बैशाख २६ गते मात्रै आयोगमा पठाइएको थियो । मन्त्रालयले ४ सय ३७ स्थानीय तहबाट प्राप्त ११ हजार चार ९२ जनाको दरबन्दी विवरण आयोगमा पठाएको थियो ।

मन्त्रालयबाट पठाएको विवरणको आधारमा आयोगले बिहीबार स्थानीय तहका पदहरूको पदपूर्ति सम्बन्धी कार्य तालिका सार्वजनिक गरिसकेको छ । यो सँगै जेठ १५ गते विज्ञापन हुने पक्कापक्की भएको छ । 

कर्मचारी समायोजन पश्चातसमेत स्थानीय तहहरूमा ठुलो सङ्ख्यामा पद रिक्त रहेका कारण रिक्त पदहरू पदपूर्ति गर्ने विषयलाई उच्च प्राथमिकतामा राखिएको मन्त्रालयका सहसचिव तथा प्रवक्त्ता भूपाल बरालले बताए । 

यससँगै विवरण पठाएपछि पनि आयोग खुल्छ कि खुल्दैन भन्ने द्विविधा अन्त्य भएको छ भने जेठ १५ गते विज्ञापन भई ढिलोमा पनि असोज कार्तिकसम्म सिफारिस नै गरिसक्ने आयोगको कार्यतालिकासँगै स्थानीय तहमा देखिएको कर्मचारी अभाव हट्ने पक्का छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...