प्रहरीबाटै बलात्कृत बालिकाको बयान : स्वास्थ्य अवस्था बिग्रिँदै गयो

काठमाडौ । एक महिनाअघि नवलपरासीको सुनुवलमा २ प्रहरीद्धारा बलात्कृत भएका दुईमध्ये एक किशोरीको स्वास्थ्य अवस्था झनै बिग्रिँदै गएको परिवारजन र स्वंयमले बताएकी छिन ।

 गत वैशाख २ गते विहान एक किशोरी र अर्की युवतीलाई दङ्गा नियन्त्रण प्रहरी गण सुनुवलका दुई जना प्रहरीले सामूहिक बलात्कार गरेको घटना धेरै दिनपछि मात्र बाहिर आएको थियो । लगत्तै उनीहरुविरुद्व जबरजस्तीकरणीको मुद्दा दायर भयो ।

बलात्कार आरोपमा त्यस गणका प्रहरी जवानद्धयः पाटेश्वर यादव र प्रेम खड्का नवलपरासी प्रहरीद्वारा पक्राउ परि यतिबेला हिरासतमा छिन । बलात्कृत मध्येकी २७ वर्षीया विवसता नाम परिवर्तन सुस्त मनस्थिति भएकीले आफ्नो कुरा राख्न सकिनन् । १६ वर्षीया नाम परिवर्तन बाध्यताले भनिन्, ‘म बेला–बेलामा त्रसिन्छु । टाउको दुख्छ । रिङ्गटा लागिरहन्छ । एकदम डर लाग्छ ।’

उनका दाजुले भने, ‘अर्की त बोल्नै सक्दिनन् । उनका स्वास्थ्य अवस्था पनि खासै ठिक छैन । बहिनी स्कुल जाँदा बाटो काट्न पनि डराउने गरेकी छन् । रातमा चिच्चाएर बोलाउने गरेकी छन् । पढाईमा पनि खासै मन दिँदैनन ।’

बाध्यताले भनिन्, ‘हामी घाँस काट्न गएका थियौं । उनीहरु कालो कपडा लगाएर आएका थिए । हामीलाई समातेर झाडीमा लगे र मुख थुनेर बोल्न–चिच्चाउन दिएनन् । त्यसपछि कसैसँग भन्यौ भने मारिदिने धम्की दिए ।’

डरले गर्दा घरमा पनि भन्न नसकेको उनले सुनाइन् । पीडितहरुको घर सुनुवल–३ कीर्तिपुरमा र्पछ । १६ वर्षीया बाध्यता कक्षा ८ मा अध्ययनरत छिन् । नवलपरासी पश्चिमका प्रहरी प्रवक्ता डिएसपी वीरेन्द्र थापाले आरोपितहरुलाई पक्राउ गरि मुद्दा दायर भई कार्वाही अगाडी बढेको जानकारी दिए ।

नागरिकको रक्षक नै भक्षक भएको भन्दै स्थानीय अभिभावकहरुले छोरीबुहारीलाई जंगलमा दाउराघाँस गर्न पठाउन पनि नसकिने अवस्था आएको बताएका छन् । जंगली जनावरसँग भन्दा यस्ता खाले घटनासँग महिलाहरु डराउनुपर्ने अवस्था छ ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...