मोदीकै कार्यकालमा नाकाबन्दी, मोदीकै कार्यकालमा सम्बन्ध सुदृढ : अब के होला त ?

काठमाडौं । नेपालमा संविधान जारी भएपछि असन्तुष्ट बनेको भारतले नेपालमा अघोषित रुपमा नाकाबन्दी गर्दा नरेन्द्र मोदी नै प्रधानमन्त्री थिए । अहिले फेरि उनै मोदी प्रधानमन्त्री बन्दैछन् । 

नाकाबन्दीका कारण सम्बन्धमा गतिरोध आएसँगै उनले तीन वर्ष नेपाल भ्रमण गरेनन् । अबका दिनमा मोदीले नेपालका लागि राम्रो सुरुवात गर्नेछन् अघिल्लो कार्यकालमा भएका गल्ती अब दोहोरिने छैनन् भन्ने धेरैको अपेक्षा छ । किनकी नरेन्द्र मोदी मोदी नेपाललाई पवित्र तपोभूमि–देवभूमिका रूपमा मान्छन् ।

तर, नाकाबन्दीका बेला मोदीको खुबै आलोचना मात्रै भएन, मोदी मोह ह्वात्तै घटाइदियो । बालकदेखि बृद्धसम्मले मोदीको नीतिको खुलेर विरोध गरे । यो नै भारतको विरोध सम्भवतः यो नै सबैभन्दा धेरै भएको हुनुपर्छ । 

अहिले नेपाली विज्ञहरुले मोदी नेतृत्वमा पुनः सरकार गठन हुँदैमा भारतको परराष्ट्र नीति परिवर्तन नहुने र भारतको नेपाल नीति अहिलेकै निरन्तर रहनेमा विश्वास्त छन् । नेपालले साझा परराष्ट्र नीति तय गर्नुपर्छ र विश्वासको सम्बन्धका लागि प्रयास गर्नुपर्ने नेपालमा सत्तारुढ पार्टीभित्र भारत नीतिमा एकमत हुनुपर्ने सुझाव पनि दिइरहेका छन् । 

भारतको लोकसभा निर्वाचन परिणामले प्रधानमन्त्री नरेन्द्र मोदीलाई दोस्रोपटक सरकारको नेतृत्व गर्ने अवसर दिएको छ । फेरि एकपटक नरेन्द्र मोदी भारतका प्रधानमन्त्री बन्ने भएका छन् । पाँच वर्षे कार्यकाल सकेर मोदी १७औँ लोकसभा निर्वाचनमा भारी बहुमतसँगै सत्तामा दोहोरिँदै छन् । लोकसभा चुनाव २०१९ मा भारतीय जनता पार्टी (बीजेपी) ले सन् २०१४ मा भन्दा पनि धेरै सिट जितेको छ । 

०७१ जेठ पहिलो साता सम्पन्न १६औँ लोकसभा निर्वाचनमा भाजपा नेतृत्वको राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडिए) ले कुल ५४३ मध्ये ३३६ सिट जित हासिल गरेर सरकार बनाउँदा मोदीले ०७१ जेठ १२ मा शपथग्रहण खाएका थिए । त्यतिवेला सार्क सदस्य मुलुक र मोरिससका सरकार प्रमुखलाई निमन्त्रणा गरेर छिमेक प्रथम नीति उद्घोष गरेका थिए । 

भारतीय प्रधानमन्त्री मोदी पहिलो कार्यकालमा दुईपटक राजकीय भ्रमणमा, एकपटक सार्कको १८औँ शिखर सम्मेलनमा र अर्कोपटक बिमस्टेकको चौथो शिखर सम्मेलनमा गरी चार पटक नेपाल आए । तर, नाकाबन्दीका कारण सम्बन्धमा गतिरोध आएसँगै उनले तीन वर्ष नेपाल भ्रमण गरेनन् । 

तीन तहको निर्वाचन सम्पन्न भएर केपी ओली नेतृत्वमा सरकार गठनपछि मोदी ०७५ वैशाख २८ र २९ मा राजकीय भ्रमणका क्रममा नेपाल आएका थिए । उनले जनकपुर, काठमाडौं र मुक्तिनाथको भ्रमण गरेका थिए । मोदी चौथोपटक ०७५ भदौ १४ र १५ मा बिमस्टेकको चौथो शिखर सम्मेलनमा नेपाल आएका थिए । 

मोदीकै कार्यकालमा नाकाबन्दीका कारण सम्बन्ध बिग्रियो र उनकै कार्यकालमा सम्बन्ध सुदृढ भएको छ । मोदीकै समयमा विराटनगरमा रहेको भारतीय फिल्ड कार्यालय बन्द भयो । अहिले फेरि मोदीलाई प्रधानमनत्री बनेपछि नेपाल ल्याइने हल्ला चलेको छ । उनलाई रेलमार्ग उदघाटन गराउन ल्याउने चर्चा चल्न थालेको छ ।  

प्रतिकृया दिनुहोस