इटहरी उपमहानगरपालिकामा गल्ती गर्ने मेयर, माफी माग्ने उपमेयर

इटहरी । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले पत्रकारलाई दुर्व्यवहार गरेको घटना चचाृको विषय बन्यो । किनकी चौधरीले उपमहानगरपालिकाका कर्मचारीलाई कुटेको विषयमा प्रतिक्रिया लिन गएका पत्रकारलाई लोपारेका थिए । 

त्यति मात्रै होइन, त्यसको भोलिपल्ट मेयर चौधरीले ‘अब लोपार्ने मात्रै होइन, लातले हान्छु’ भनेर धम्क्याएका थिए । त्यसको चौतर्फी आलोचना भएपछि उपमहानगरपालिकाले माफी नै मागेको छ । कर्मचारीलाई कुटपिट गरेको र अपशब्द बोलेको विषयमा प्रश्न सोध्दा उनी आक्रोशित हुँदै पत्रकारमाथि दुर्व्यवहार गरेका थिए ।

उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले विज्ञप्ति जारी गरी सो घटना परिस्थितिजन्य भन्दै घटनाका कारण सञ्चार जगत र पत्रकारको आत्मसम्मानमा कुनै चोट पुगेको भए क्षमायाचना गर्ने उल्लेख गरेकी छन् । 

कार्यबाहक नगरप्रमुखको हैसियतमा गौतमले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘राज्यको चौथो अंगका रुपमा स्थापित सञ्चार जगतप्रति इटहरी उपमहानगरको कुनै पूर्वाग्रह छैन, उपमहानगर प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिवद्ध छ । आगामी दिनमा सञ्चार जगत र उपमहानगरको सम्बन्ध अझ प्रगाढ बन्दै जाने अपेक्षा लिएको छु ।’



प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...