भारतको लोकसभामा मोदीको सानदार जित, लालुको खातामा शुन्य

५२ सिटमै खुम्चियो कांग्रेस

काठमाडौं । भारतमा सम्पन्न १७ औँ लोकसभामा चुनावमा सत्तारुढ भारतीय जनता पार्टीले आँकलन गरेको भन्दा बढी जित हात पारेको छ । बहुमतका लागि आवश्यक पर्ने २७२ सिट भए पनि भाजपाले ३०३ सिट ल्याएको छ । भाजपाले अघिल्लो निर्वाचनमा भन्दा यो पटक २१ सिट बढी जितेको छ ।

यो पटक बिहारका पूर्व मुख्यमन्त्री लालू प्रसाद यादवको पार्टी राष्ट्रिय जनता दलले यस पटक खाता नै खोल्न सकेन । अघिल्लो चुनावमा राजदले ४ सिटमा जित निकालेको थियो । 

भाजपा सहितको गठबन्धन एनडीएले ३५२ सिट जितेको छ । कांग्रेसले भने ५२ सिट मात्रै हात पारेको छ । उसको गठबन्धन युपिए यसपटक ९६ सिटसम्म पुगेको छ । 

भाजपाले सन् २०१४ मा २८२ सिट जित्न सफल भएको थियो । उसको गठबन्धन एनडिएले ३३६ सिटमा जित निकालेको थियो ।  सन् २०१४ मा ९ सिट मात्रै जितेको वाईएसआर कांग्रेसले यस पटक २२ सिट जितेको छ।

भाजपाको सहयोगी जनता दल युनाइटेडले बिहारनमा १७ सिटमा बाजी मारेको छ । पछिल्लो पटक जनता दल एनडीएबाट अलग्गै चुनावी मैदानमा थियो । उसले त्यसबेला केबल २ सिट जितेको थियो । 

सन् २०१४ मा खातासमेत नखोलेको द्रमुकले यस पटक २३ सिटमा जित हासिल गरेको छ । उत्तरप्रदेशमा बहुजन समाजवादी पार्टीले १० सिट जित्न सफल भएको छ । मायावतीको पार्टीले सन् २०१४ मा एउटा पनि सिट जितेको थिएन ।

बंगालकी मुख्यमन्त्री ममता बनर्जीको तृणमूल कांग्रेसले यस पटक ठुलो नोक्सानी ब्यहोर्नुपर्‍यो । सन् २०१४ मा बंगालका ४२ मा ३४ सिटमा तृणमूलले जितेको थियो । यो पटक उसले २२ वटा मात्रै सिट जितेको छ । 

ओडिसामा पनि बिजदको सिट घटेको छ । सन् २०१४ मा मोदी लहरका बावजूद २० सिट जितेको बिजद यस पटक केबल १२ सिटमा समेटिएको छ । कश्मीरमा महबुबा मुफ्तीको पार्टी पीडीपीले एउटै सिट जितेन । अघिल्लो चुनावमा उसले ६ मध्ये ३ सिटमा जित निकालेको थियो । 

बिहारका पूर्व मुख्यमन्त्री लालूप्रसाद यादवको पार्टी राष्ट्रिय जनता दलले यस पटक खाता नै खोल्न सकेन । अघिल्लो चुनावमा राजदले ४ सिटमा जित निकालेको थियो । 

उत्तरप्रदेशमा समाजवादी पार्टीले आफ्नो ५ सिट बचाउन सफल भएको छ । यादव परिवारका दुवै सदस्य अखिलेश यादव र मुलायम सिंह यादवले जित दर्ता गराएका छन् । तर यादव परिवारकै अन्य तीन सदस्य पराजित भएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...