मिनि ट्रक दुर्घटनामा ज्यान गुमाउने तीन जनाकै सनाखत

दैलेख । दैलेखमा भएको मिनि ट्रक दुर्घटनामा ज्यान गुमाउने ती जनाकै सनाखत भएको छ ।  सुर्खेत हुँदै दैलेखको ठाटिकाँध गाउँपालिकातर्फ जाँदै गरेको ना ८ ख ३२८३ नम्बरको मिनि ट्रक दैलेखको गुराँस गाउँपालिका–१ निगाल झाप्रामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको थियो । 

मृत्यु हुनेमा दैलेखको ठाटिकाध गाउँपालिका ६ का धर्म थापा, जोर बहादुर थापा र दिपेन्द्र थापा रहेका जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक प्रेम क्षेत्रीले जानकारी दिएका छन् ।

गाडी सडकबाट ३ सय मिटर तल खसेको छ । दुर्घटनाको कारण खुल्न नसकेको भएपनि गएराती ९ बजेतिर दुर्घटना भएको हुनसक्ने प्रहरीले बताएको छ । गएराती ७ बजेर ५५ मिनेटमा सुर्खेतको वड्डीचौरमा ट्रक इन्टि गरेर गएकोले ९ बजे दुर्घटना हुनसक्ने प्रहरीको अनुमान छ । ट्रकमा पेट्रोलको जर्किन राखिएकोले दुर्घटनासँगै पेट्रोलका कारण आगलागी भएको क्षेत्रीले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...