२ करोड १० लाख ठग्ने महिला पक्राउ

काठमाडौं ।  २ करोड करोड १० लाख ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । घरजग्गा कारोबारी काभ्रेको रोशी गाउँपालिका ८ घर भई हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका ९ बस्ने ३८ वर्षीया निलम गुरुङ, तामाङ, घिसिङलाई प्रहरीले पक्राउ गरेको हो । 

उनले साविकको सुन्तोल गाविस वडा नम्बर ३ मा रहेको एउटा कित्ता जग्गा देखाई सोही वडाको लप्सीफेदीको अर्को जग्गा अमित समेत लगेर नापजाँच गराई एक करोड ५० लाखमा पास गराई ठगी गरेको महानगरीय अपराध महाशाखाका प्रवक्ता डीएसपी केदार ढकालले जानकारी दिए । 

ठगिएको थाहा पाएपछि धन गौचनले दिएको जाहेरीको आधारमा बबरमहलबाट पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको उनले जानकारी दिए । 

प्रहरी अनुसन्धानबाट उनले तुलसी प्रसाद देवकोटालाई इटहरीको १० कठ्ठा जग्गा मिलाइ दिन्छु भनि ६० लाख ठगी गरेको समेत खुल्न आएको छ । साथै उनले अन्य मानिसलाई समेत ठगी गरेको हुनसक्ने भन्दै जानकारी दिन महाशाखाले अनुरोध गरेको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...