करोडौं भारतीय नक्कली नोटसहित पूर्वमन्त्री अन्सारीका छोरा पक्राउ

दुई सुटकेस भारु कतारबाट नेपाल भित्र्याउने तयारी

काठमाडौं । करोडौँ भारतीय नक्कली नोटसहित पूर्वमन्त्रीका छोरा पक्राउ परेका छन् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले ठूलो परिमाणमा भारतीय जाली नोटसहित एक जनालाई नियन्त्रणमा लिएको हो । प्रहरी नक्कली नोटसहित पूर्वमन्त्री सलिम मिया अन्सारीका छोरा युनुस अन्सारीलाई शुक्रवार बिहान नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका युनुस अपराधिक पृष्ठभूमिसँग पटक पटक जोडिएका छन्। उनीमाथि केन्द्रीय कारागारमै गोली प्रहारसमेत भएको थियो । नक्कली नोटकै प्रकरणमा उनी पटकपटक समातिएका छन् । कुनै समय टेलिभिजन संचालनमा समेत सक्रिय रहेका अन्सारी नक्कली नोटसहित सन् २०१४ मा पनि पक्राउ परेका थिए।

उनीबाट बरामद भएको नक्कली नोटको गन्ती भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ । उनले दुई सुटकेस भारु कतारबाट नेपाल भित्र्याउने क्रममा प्रहरीले पक्राउ गरेको त्रिभुवन विमानस्थलका सुरक्षा प्रमुख संदीप भण्डारीले जानकारी दिए । उनीसँगै अन्य ३ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

अन्सारीलाई पाँच वर्षअघि विशेष व्यूरोको टोलीले ३५ लाख नक्कली भारतीय रुपैयाँ सहित पक्राउ गरेको थियो । त्यस्तै २०६५ पुसमा जाली नोट सहित पक्राउ परेका उनी जेल सजाय भुक्तान गरी निस्किएका थिए । 

नक्कली नोटको कारोबारमा जेलभित्र नै रहेको बेला उनलाई २०६७ साल फागुनमा सुन्धारास्थित केन्द्रीय कारागार भित्रै गोली प्रहार भएको थियो ।


राजनीति र अपराधको दुनियामा युनुस नयाँ नाम होइन। नक्कली नोट काण्डमा पटक पटक रहेका युनुस नेशनल टेलिभिजनका संस्थापकसमेत रहे । टेलिभिजन र सिनेमामा समेत लगानी गरेका युनुस पूर्वमन्त्री सलिम मिया अन्सारीका छोरा हुन् । सलिम मिया अन्सारीको ५ वर्ष अघि मृत्यु भइसकेको छ । सलिम मिया तत्कालीन नेकपा एमाले हुँदै शाही शासनकालमा राजवादी बनेका थिए। त्यसपछि राप्रपा हुँदै फेरि माओवादी प्रवेश गरेका थिए । 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...