२५ वर्षपछि ढल्यो पवन चाम्लिङको सत्ता, एसकेएमले दियो चाम्लिङलाई ठूलो धक्का

काठमाडौं । सिक्किमका मुख्यमन्त्री पवनकुमार चाम्लिङ लगातार छैटौँ कार्यकालका लागि सिक्किमको मुख्यमन्त्री बन्ने दाउमा थिए ।  तर उनको पार्टीलाई पीएस गोले नेतृत्वको सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) ले ठूलो धक्का दिएको छ । 

चाम्लिङ सन् १९९४ देखि लगातार सिक्किमको मुख्यमन्त्री बन्दै आएका थिए । भारतमा सबैभन्दा बढी २५ वर्ष मुख्यमन्त्री भएको रेकर्ड पवन चाम्लिङको नाममा छ ।

२२ सेप्टेम्बर १९५० मा जन्मिएका उनी नरबहादुर भण्डारीको मन्त्रीमण्डलमा १९८९ देखि १९९२ सम्म उद्योग एवम् जनसम्पर्क मन्त्रीको भूमिकामा थिए । उनले १९९३ मा सिक्किम डेमोक्रेटिक फ्रन्ट दर्ता गर्दै सिक्किमको राजनीतिमा नयाँ तरंग पैदा गरेका थिए ।

नेपाली भाषीहरुको राज्य मानिने सिक्किममा ७५ प्रतिशत नेपाली र बांकी भोटियो र लेप्चा जाति रहेका छन् । सिक्किमका मुख्यमन्त्री पवन चामलिंग २४ बर्षदेखि कार्यकाल सम्हालदै आएका छन् । उनले १२ डिसेम्बर १९९४ मा राज्यको मुख्यमन्त्रीको रूपमा शपथ लिएका थिए । शासनसत्ताको बागडोर सम्हालेपछि सिक्किमे जनताहरु स्वर्णिम युगको सुरुवात भएको मान्दै आएका छन् । 

कुनै बेला चाम्लिङकै पार्टीमा रहेका गोलेले अहिले सिक्किमले परिवर्तन चाहेको बताएका छन् । विपक्षी दलले चाम्लिङलाई भ्रष्टाचारमा मुछिएको आरोप लगाउँदै आएका छन् । पवन चाम्लिङले नाम्ची र पोकेलोक कामराङ क्षेत्रबाट जित हात पारेका छन् ।

सिक्किममा २५ वर्षदेखि एकछत्र सरकार चलाइरहेका पवन चाम्लिङको सत्ता यस पटक पल्टिएको छ । उनी अब विपक्षमा सीमित हुनेछन् । लोकसभा चुनावसँगै भएको सिक्किम विधानसभा चुनावमा चाम्लिङ नेतृत्वको पार्टी सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) लाई सिक्किम क्रान्तिकारी मोर्चाले २५ वर्षपछि सत्ताबाट बहिर्गमन गराएको छ । 

सिक्किममा रहेका ३२ वटा विधानसभा क्षेत्रमध्ये एसकेएमले १७ सिटमा जित हात पार्दै सरकार बनाउने भएको छ भने एसडीएफ १५ सिटका साथ २५ वर्षपछि विपक्षमा बस्ने पक्का भएको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...