रञ्जित तामाङले स्वीकारे अनेरास्ववियुको सहअध्यक्षको जिम्मेवारी

काठमाडौँ ।  अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (अनेरास्ववियु) का सह–संयोजक रञ्जित तामाङले पार्टीले गृहजिल्ला पुगेर आफ्नो जिम्मेवारी स्वीकार गरेका छन् । पार्टीले गतहप्ता गरेको निर्णयप्रति असन्तुष्ट रहेका तामाङले पार्टी एकतालाई पूर्णता दिनका लागि जिम्मेवारी स्वीकार गर्ने बताएका हुन् ।  

गत साता अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीलाई एकता गर्दा पार्टी नेतृत्वले अन्याय गरेको बताएका तामाङले बिहीबार जिम्मेवारबाट आफू पछि नहट्ने बताएका हुन् ।

विर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा तामाङले भने, ‘अध्यक्ष प्रचण्डले एकताको पूर्णताका लागि बलिदानी गर्न भन्नुभएकोले जिम्मेवारीबाट पछि हट्दिनँ ।’ अनेरास्ववियुका महासचिव ऐन महरको अध्यक्षतामा अनेरास्ववियु गठन भएपछि तामाङले आफूमाथि अन्याय भएको बताएका थिए ।

निर्वाचित संगठनका अध्यक्षलाई अर्को संगठनका महासचिवभन्दा तल राखिएपछि तामाङले नेतृत्वसँग फरक जिम्मेवारी दिन आग्रह गर्दै आएका थिए । तामाङले संगठन एक भएको दिन बेलुकी फेसबुकमा, ‘कहीलेकाहीँ समयले पनि मजाक गर्दो रहेछ’ लेखेका थिए ।

तामाङले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई परिवारभन्दा पनि माथि ठाने पनि नेतृत्वबाटै अन्यायमा परेको पनि बताए । परिवारभन्दा प्रचण्डलाई मानेको थिएँ तर ममाथि अन्याय भयो,’ उनले भने ।  जेठ ३ गते पूर्व एमाले र एमाओवादी केन्द्रका भातृ विद्यार्थी संगठनको एकता भइ अनेरास्ववियु गठन भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...