सरकारले सोचेअनुरुप काम गर्न सकेनः नेता थापा

सरकारले सोचेअनुरुप काम गर्न सकेनः नेता थापा

बेझाड । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले दुईतिहाइको बलियो सरकारले एक वर्षको अवधिमा सोचेअनुरुप काम गर्न नसकेको बताए ।

नेपाल महिला सङ्घ पाल्पाको आयोजनामा सदरमुकाम तानसेनमा मङ्गलबार भएको काङ्ग्रेस जागरण अभियान कार्यक्रममा नेता थापाले इतिहासकै बलियो नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकार रहेको अवस्थामा ठूला–ठूला विकासका काम गरेर देखाउने समयमा सामान्य कामसमेत गर्न नसकेको आरोप लगाए ।

सरकारले नेपाली जनतालाई विकासको प्रत्याभूति दिलाएर खुशी र सुख दिन नसकेको उल्लेख गर्दै उनले अझै पनि जनताले लोकतन्त्रको अनुभूति गर्न नपाएको बताए । 


प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

लोकसेवाको बिज्ञापन रद्द नहुने, लोकसेवाले फेरि २५ हजार कर्मचारीका लागि बिज्ञापन गर्दै

काठमाडौँ । स्थानीय तहमा अझै २५ हजार कर्मचारीको रिक्त रहेकाले चाँडै पदपूर्ति गर्ने सङ्घीय मामिला  ...