प्रहरीको गोली लागेर विप्लवका कार्यकर्ताको मृत्यु, स्थिती डरलाग्दो मोडतिर

विप्लवले कस्तो कदम चाल्ने हुन् भनेर मनोवैज्ञानि त्रास

काठमाडौँ ।  भोजपुरमा प्रहरीको गोली लागेर नेत्रविक्रम चन्द विप्लवु नेतृत्वको नेकपाका कार्यकर्ताको मृत्यु भएको छ । गोली लागेर घाइते भएका षडानन्द गाउँपालिका–२, कुदाककाउलेका ३२ वर्षिय तिर्थराज घिमिरेको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक पाण्डवकुमार राजवंशीले बताए ।

७ जेठमा टेम्केमैयुङ्ग गाउँपालिका–१ को धोद्रे जंगलमा प्रहरीको गोली लागेर उनी घाइते भएका थिए । तिघ्रामा गोली लागेर घाइते भएका घिमिरेको उपचारका क्रममा बिहान ३ बजे मृत्यु भएको राजवंशीले बताए । 

ज‌ंगलमा हतियार सहितको समूह रहेको थाहा पाएपछि जिल्ला प्रहरी कार्यालय भोजपुर र एक नम्बर प्रदेशबाट आएको प्रहरी टोली संयुक्त गस्तीमा गएको थियो । 

“१५र१६ जनाको समूहमा रहेकामध्ये एकजनाले प्रहरीमाथी बम जस्तो बस्तु फालेको र घिमिरेले पेस्तोल निकाल्न थालेपछि गोली प्रहार भएको हो ”, निरीक्षक राजवंशीले भने घटनाको बारेमा थप अनुसन्धान भैरहेको छ ।

जिल्ला प्रहरी कार्यालयदेखि ७० किलोमिटर टाढा रहेको घटनास्थलबाट घाइतेलाई पाँच घण्टा बोकेर ल्याउँदा धेरै रगत बगेकोले मृत्यु भएको उनले बताए ।  “पाँचघण्टा बोकेपछि स्थानीय स्वास्थ्यचौकीमा उपचार गरेर एम्बुलेन्समार्फत धरान लगिएको थियो” उनले भने ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...