ऐन निर्माण नहुँदासम्म कर्मचारी भर्ना रोकिदैन: पण्डित

जिम्मेवारी पूरा नगर्ने कर्मचारी दण्डको भागिदार

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी भर्ना गर्ने क्रम अहिलेलाई नरोकिने बताएका छन् । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवा शर्त सम्वन्धमा छलफल गर्न आज सिंहदरवारमा बसेको राज्य व्यवस्था समितिको बैठकमा उनले ऐन निर्माण नहुँदासम्म यो व्यवस्था सरकारले कायम राख्ने बताए ।


मन्त्री पण्डितले स्थायी, करार र खुल्ला प्रतियोगितालाई सन्तुलनमा राख्दै कर्मचारी व्यवस्थापनको काम अघि बढ्ने बताए । उनले कतिपय पुराना कानुनहरु राम्रो भएकाले त्यसलार्ई निरन्तरता दिदै संघीयताको व्यवस्था अनुसार कानुनहरु संशोधन गर्दै लगिने बताए । उनले काम गर्नेलाई पुरस्कृत र जिम्मेवारी पूरा नगर्ने कर्मचारीलाई दण्डको भागिदार बनाइने स्पष्ट पारे ।


समितिका सदस्यहरुले राज्य पुनसंरचनाका लागि प्रशासनिक व्यवस्था वैज्ञानिक र पारदर्शी गराउनुका साथै यसलाई जनमुखी र उत्तरदायी गराउने बनाउनु पर्ने बताएका थिए ।

प्रतिकृया दिनुहोस