होटल सोल्टीमा मदिराले मात्तिएका पूर्व गभर्नरका छोराको करङ भाचिदिए पछि...

काठमाडौं । ताहचलस्थित होटल सोल्टी काठमाडौंका उच्च वर्गीयहरुको पहिलो रोजाइ हो । क्राउन प्लाजाले व्यवस्थापन गर्ने यो होटल भित्र प्राइभ नेपाल नामको एउटा भीआइपी क्लब पनि छ।

प्रायः अर्बपति मातापिताका छोराछोरीहरु फुर्सद मनाउन र पार्टनर खोजीमा पुग्ने प्राइभबाट कतिपय नेपाली कर्पोरेट दुनियाँका छोराछोरीबीचको सम्बन्ध नै सुरू भएको छ ।

गोपनीयता बाहिर नआउने कारणले पनि युवा उद्योगी, व्यवसायीका लागि सो क्लब थकान मेटाउने पहिलो रोजाइको जक्सन हो । हिरो, हिरोइन तथा मोडलहरूबीच पनि प्राइभ लोकप्रिय छ।

२०७६ वैशाख २१ गते क्लबमा शनिबारे पार्टी चलिरहेको थियो । अंग्रेजी र हिन्दी गीतहरुमा अरु झैँ विवेक रावल पनि झुमिरहेका थिए । युवतीसँग पनि राम्रैसँग ‘प्रफर्म’ गरिरहेका थिए । मदिरा लागेपछि उनले राम्रोसँग खुट्टा टेक्न छोडे । त्यसपछि नजिकैको सोफामा पल्टिए । एक्लै क्लब पुगे पनि त्यहाँ भेटिएका साथीहरुसँग उनी मनोरञ्जन गरिरहेका थिए । निरन्तर पिइरहेका थिए ।

करिब मध्यरात तिर बिल तिर्ने विषयमा क्यासियर र उनीबीच भनाभन भयो । नपिएको मदिराको बिल पठाएको उनले आरोप लगाए । उनी जंगिए, ठूलो ठूलो श्वरले चिच्याए ।

‘मलाई चिनेको छैनस् म गभर्नरको छोरा हुँ’, उनले भनेको उदृत गर्दै प्रत्यक्षदर्शीले भने, ‘तँलाई थाहा छैन यो नोटमा मेरो ड्याडको सिग्नेचर छ । मैले चाहे तँलाई माटोमुनि मिलाइदिन सक्छु ।’ उनले मुखमा आए जति अश्लिल शब्द बोले । काउन्टरमा बसेका कर्मचारीलाई ज्यान मार्ने धम्की समेत दिए ।

हुन पनि उनी पूर्व गभर्नर डा.तिलक रावलकै पुत्र विवेक रावल हुन् । उनका पिताको हस्ताक्षर भएका नोट अझै पनि आक्कल झुक्कल भेटिन्छन् । तर कर्मचारीले बिल त्यति नै रहेको र आफूले नपिएको मदिरा बिलमा समावेश नगरेको दाबी गरे । रावलले तथानाम गर्न नछोडेपछि तल्लो तहका कर्मचारीले क्लब म्यानेजरलाई बोलाए ।

म्यानेजरले स्थिति सहज बनाउन प्रयास गरे तर सम्भव भएन । रावलले पिताको नाम लिँदै निरन्तर गलफत्ती गरिरहे । धम्क्याइरहे । आजित भएपछि म्यानेजरले पहिला क्लोज सर्किट क्यामेरा सीसीटीभी को र सर्भरबीचको लाइन छुटाए। अब क्लबको सीसीटीभीले दृश्य क्यामेरामा रेकर्ड नर्गर्ने भयो ।

मदिराका सुरमा रल्लिएर तथानाम गरिरहेका विवेकलाई मगर थर भएका म्यानेजरले रामधुलाई सुरु गरे। मजैसँग भकुरे । केही समयपछि कसैले घटनाबारे प्रहरीमा खबर दियो ।

सूचना पाएलगत्तै महानगरीय प्रहरी वृत्त कालिमाटीबाट एउटा टोली सोल्टी हानियो । तर प्रहरी टोली क्लब पुग्दा त्यहाँ सुनसान थियो । रावल त्यहाँ थिएनन् । क्लब म्यानेजर पनि थिएनन् । किनभने त्यो खबर नै प्रहरीमा ढिलोगरी पुगेको थियो ।

मदिराको सुरमा धाकधम्की दिँदा भक्कु गोदाइ खाएका रावलले त्यो दिन प्रहरीलाई सम्झेनन् । बरु भाँचिएको करङको उपचारको लागि अस्पतालतिर लागे । साथी डाक्टर खोज्दै उनी टिचिङ अस्पताल पुगे । एक्स–रे सहितको चेक जाँचपछि उनको करङमा नराम्रोसँग दक्खल पुगेको पुष्टि भयो ।

‘क्लबमा आएका एक जना व्यक्ति उपर कुटपिट भएको हो’, कालिमाटी वृत्तका डिएसपी देवेन्द्र पालले घटनाबारे भने, ‘घटनामा संलग्न भएको आरोपमा हामीले ३ जनालाई पक्राउ गरिसकेका छौं । 

रावलले पिटाइ खाएको विषयमा प्रहरीले ज्यान मार्ने उद्योग अन्तर्गत अनुसन्धान गरिरहेको छ। पक्राउ पर्नेमा क्लब कर्मचारी आशिष गुरुङसहित २ सेक्युरेटी गार्ड छन् । प्रहरीले घाइते विवेकको घाउचोट विवरण समेत लिएको छ । सो विवरणमा उनको करङ फ्याक्चर भएको उल्लेख छ । 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...