पाँचथर हत्याकाण्ड बारे कांग्रेस संसद कँडेलले गृहमन्त्रीको जवाफ माग्दा माइक काटियो

सभामुख महरा भन्छन् प्राविधिक कारणले भएको हो

काठमाडौं । मंगलवार बसेको संघीय संसद्को बैठकको शून्य समयमा पाँचथर हत्याकाण्डको विषयमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’को जवाफ माग्दा माइक काटिएको छ ।

शून्य समयमा बोल्दै कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ मा सोमवार राति २ परिवारका ९ जनाको विभत्स हत्या गरिएको विषयमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’को जवाफ आउनुपर्ने माग राखेका थिए ।

कँडेलले गृहमन्त्रीको जवाफ आउनुपर्ने माग गरेलगत्तै अकस्मात माइक काटियो । त्यसपछि सभामुख कृष्णबहादुर महराले अर्का वक्ता नमिताकुमारी चौधरीको नाम लिए । त्यसपछि कँडेलले आफ्नो कुरा नसकिएको र १५–२० सेकेन्डमै माइक काटिएको भन्दै उभिइरहे ।

त्यसपछि सभामुखले प्राविधिक कारणवश माइक काटिएको र पछि बोल्न समय दिने भन्दै शून्य समय सूचारू गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...