कांग्रेसले गठन गर्‍यो छायाँ सरकार, यस्तो छ २१ वटै मन्त्रालयको समन्वय समिति

काठमाडौँ ।  प्रमुख प्रतिविपक्षी दल नेपाली कांग्रेसले छायाँ सरकार गठन गरेको छ । पार्टीको संसदीय दलको विधानको धारा ९ को उपधारा ५ (क) अनुसार पार्टी सभापति शेरबहादुर देउवाले सांसदहरूलाई विभिन्न मन्त्रालयको छाँया मन्त्रीको जिम्मेवारी दिएका हुन् । 

ती सांसदहरुले कार्य सम्पादन गर्नका लागि मन्त्रालय स्तरीय समन्वय समितिको नेतृत्व गर्ने छन् । सरकारका समानान्तर मन्त्रालयको निगरानी गर्न उनीहरुले संयोजक भएर भूमिका खेल्नेछन् । संयोजकको अतिरिक्त सदस्य पनि तोकिएका छन् । समानान्तर मन्त्रालयको कामकारबाहीको निगरानी गर्नु उनीहरुको मुख्य काम हुनेछ ।

हेर्नुहोस् सूचीः

१. उर्जा, जलस्रोत तथा सिंचाई

संयोजकः ज्ञानेन्द्र बहादुर कार्की

सदस्यहरूः सत्यनारायण खनाल र ज्ञानकुमारी छन्त्याल


२.परराष्ट्र मन्त्रालय 

संयोजकः डा. नारायण खड्का

सदस्यहरूः डा.अमेरश कुमार सिंह र दिव्यमणी राजभण्डारी


३. अर्थ मन्त्रालय

संयोजकः डा. मिनेन्द्र रिजाल, संयोजक

संयोजकहरूः मीना पाण्डे र विनोद कुमार चौधरी


४. गृह मन्त्रालय

संयोजकः  दिलेन्द्रप्रसाद वडू

सदस्यहरूः रमेशजंग रायमाझी र महेन्द्र कुमारी लिम्बू


५. शहरी विकास मन्त्रालय

संयोजकः उमाकान्त चौधरी

सदस्यहरूः मीनाक्षी झा र रामबहादुर विष्ट


६. युवा तथा खेलकूद मन्त्रालय

संयोजकः किशोर सिंह राठौर

सदस्यहरूः रंगमति शाही र दुर्गा प्रसाद उपाध्याय


७. उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय 

संयोजकः मीनबहादुर विश्वकर्मा, संयोजक

सदस्यहरूः विन्दा देवी आले राना र कर्मा घले


८. शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय 

संयोजकः गगन कुमार थापा

सदस्यहरूःउमेश श्रेष्ठ र नमिता कुमारी चौधरी


९. खानेपानी मन्त्रालय 

संयोजकः सुजाता परियार

सदस्यहरूः मिना सुब्बा र नागेन्द्र कुमार राय


१०.स्वास्थ्य तथा जनसंख्या 

संयोजकः पार्वता डि.सी. चौधरी  

सदस्यहरूः सीताराम महतो र मोहन आचार्य


११. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

संयोजकः देवेन्द्रराज कण्डेल

सदस्यहरूः प्रकाश स्नेही रसाइली र प्रमिला राई


१२. श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

संयोजकः डा. डिला संग्रौला पन्त

सदस्यः प्रकाश पन्थ


१३. सञ्चार तथा सूचना प्रविधि

संयोजकः बहादुर सिंह लामा

सदस्यहरूः सूर्यबहादुर केसी र विमला नेपाली


१४. भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण 

संयोजकः लक्ष्मी परियार

सदस्यहरूः प्रमोद कुमार यादव र स्मृति नारायण चौधरी


१५. संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

संयोजकः अतहर कमाल मुसलमान

सदस्यहरूः तेजुलाल चौधरी र धन कुमारी खतिवडा


१६. कृषि तथा पशुपंक्षी मन्त्रालयस्

संयोजकः पद्म नारायण चौधरी

सदस्यहरूः अनिता देवकोटा र सरवत आरा खानम हलुवाइनी


१७. महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय स्

संयोजकः उमा रेग्मी

सदस्यहरूः लालकाजी गुरुङ्ग र हिरा गुरुङ्ग


१८. रक्षा मन्त्रालय

संयोजकः भिसेनदास प्रधान

सदस्यः अभिषेक प्रताप शाह


१९. भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयस्

संयोजकः सञ्जय कुमार गौतम

सदस्यहरूः जीप छिरिङ लामा र देवप्रसाद तिमिल्सिना


२०. वन तथा वातावरण मन्त्रालय स्

संयोजकः राजेन्द्र कुमार के.सी.

सदस्यः मुक्ता कुमारी यादव


२१. कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय

संयोजकः राधेश्याम अधिकारी


प्रतिकृया दिनुहोस