५ यौनकर्मी आपत्तिजनक अवस्था मै प्रहरीद्धारा पक्राउ

काठमाडौँ । प्रहरीले ५ जना यौनकर्मीलाई आपत्तिजनक अवस्था भेटेपछि पक्राउ गरेको छ । संखुवासभाको सदरमुकाम खाँदबारीको एक होटलबाट होटल सञ्चालक सहित संखुवासभा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।   विशेष सुराकीका आधारमा होटल सञ्चालकसहित ५ जना पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सन्तोष राईका अनुसार पक्राउ पर्नेहरूमा दुईजना पुरुष र तीनजना महिला रहेका छन् ।

रातको समयमा होटलभित्र अनैतिक क्रियाकलाप गरेको आरोपमा होटल सञ्‍चालकलाई समेत पक्राउ गरिएको प्रहरीले बताएको छ । पक्राउ परेका पाँचै जनालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...