वालुवाटारको जग्गा फिर्ता ल्याएर मात्रै हुँदैन, दोषीलाई कारबाही पनि गर्नुपर्छः नेता रावल
अब सरकारको छानविनको निष्कर्ष पर्खौँ
काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका नेता भिम रावलले वालुवाटार लगायत देशभरका सार्वजनिक जग्गा हिनामिना भएको विषयमा निष्पक्ष छानविन गर्न माग गरेका छन् । रिपोर्टस क्लब नेपालले सोमवार गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता रावलले आफ्नै पार्टीका महासचिव विष्णु पौडेल समेत मुछिएको वालुवाटारस्थित ललिता निवासको जग्गाको पनि सत्य तथ्य छानविन गरेर दोषीलाई कारबाही गर्न रावलले माग गरेका हुन् ।
माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा गृहमन्त्री भएका नेता रावलले त्यसबेला उक्तजग्गाबारे कुनै पनि औपचारिक प्रस्ताव र छलफल नभएको पनि स्पष्ट पारे । उक्त जग्गा सरकारले फिर्ता ल्याउने निर्णय गरेकोमा धन्यवाद दिँदै रावलले फिर्ता ल्याएर मात्रै नहुने, दोषीलाई कानुनीदायरमा नै ल्याउनुपर्ने बताए ।
जग्गाप्रकरणबारे सरकारले गरेको छानविन सत्यतथ्य हुनु पर्ने रावलको भनाई थियो । “वालुवाटार जस्तो संवेदनशील स्थानको जग्गा व्यक्तिको नाममा जानु आपत्तिजनक छ । सत्य तथ्य पहिचान गरेर दोषीलाई कारबाही गर्नु पर्छ । अब सरकारको छानविनको निष्कर्ष पर्खौँ ।” नेता रावलले भने ।
प्रतिकृया दिनुहोस