अचानक किन पुगे बामदेव र नारायणकाजी प्रचण्ड निवास खुमलटारमा ?

नेकपाभित्र अब वैचारिक बहस सुरु

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बस्ने भनिएको सचिवालय बैठक अचानक स्थगित् भएको छ । अब बैठक कहिले बस्छ ? भन्ने अन्यौलता छ । तर, पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा भने सचिवालय सदस्यद्धय बामदेव गौतम र नारायणकाजी पुगेर छलफल गरेका छन् । अध्यक्ष प्रचण्डले पार्टीका जनवर्गाीय संगठनहरुको एकता टुँगो लागेकोले अब वैचारिक बहसको सुरुवात गरेका छन् ।

सायद, त्यही भएर होला प्रचण्डले आज पार्टीका प्रवक्तासमेत रहेका नेता श्रेष्ठ र प्रभावशाली नेता गौतमसँग विशेष छलफल गरेका छन् । पोलिटब्यूरो सदस्य घोषणा गर्ने भनिएपनि अर्का अध्यक्ष केपी शर्मा ओली अल्पमतमा पर्ने भएकोले उनकै स्वार्थमा आजको सचिवालय बैठक स्थगित् भएको कुरा बाहिरिएको बेला प्रचण्डले यसरी गोप्य छलफल गर्नुले नेकपाभित्र अब वैचारिक बहस सुरु भएको पनि बुझिएको छ ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...