आउदो निर्वाचनमा जनमुक्ति पार्टी देशको प्रमुख शक्तिको रुपमा उदाउँने

तनहु । नेपाल जनमुक्ति पार्टीका केन्द्रिय उप महासचिव तथा प्रचार विभाग प्रमुख मेखराज परियार (खाती) अबको निर्वाचनपछि जनमुक्ति पार्टी देशको प्रमुख शक्ति रुपमा उदाउने बताएका छन् । आइतबार दमौलीमा पार्टीका अगुवा कार्यकर्ता  भेलालाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

अगुवा कार्यकर्ता भेलामा उपमहासचिव परियारले राष्ट्रको वर्तमान राजनीतिक परिस्थिति,लोकतन्त्र,गणतन्त्र र संघीयताको भविष्य,सरकारको गलत गतिविधि,सञ्चार विधेयक,भ्रष्टाचार र पार्टीको भावी योजना,कार्यक्रमबारे स्पष्ट पारेका थिए ।

उनले नयाँ जनमुक्ति पार्टीको रुपमा व्याख्या गर्दै अबको निर्वाचन पछि जनमुक्ति पार्टी देशको प्रमुख शक्तिहरु मध्ये बन्ने बलियो आधार भएको ,वैकल्पिक शक्ति बन्ने बताए । उक्त कार्यक्रम पार्टीका केन्द्रिय उप महासचिव तथा प्रचार विभाग प्रमुख मेखराज परियार(खाती)को प्रमुख अतिथ्यमा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...