राष्ट्रिय सभामा आज प्रधानमन्त्रीको तर्फबाट विधेयक पेश हुने

आजै दुई समितिको बैठक पनि बस्ने

काठमाडौं, जेठ ।  संघीय संसद अन्तर्गतको राष्ट्रिय सभाको बैठक आज बस्ने भएको छ । संसद भवन नयाँ बानेश्वरमा दिउसो एक बजेपछि बैठक बस्ने तय भएको छ ।


बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट तीन तहको सरकारको अन्तरसम्वन्ध व्यवस्थापन सम्वन्धी विधेयक पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । आजै विभिन्न संसदीय समितिहरुको बैठक पनि बोलाइएको छ । 


प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समिति र विकास तथा प्रविधि समितिको बैठक बोेलाइएको छ । दुवै समितिको बैठक विहान ११ बजेपछि सिंहदरबारमा छुट्टा छुट्टै बस्नेगरी तय भएको सचिवालयले जनाएको छ ।


शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा समितिको बार्षिक प्रतिवेदन र विकास तथा प्रविधि समितिको बैठकमा सहरी विकास मन्त्रालयको बजेटका बारेमा छलफल हुने भएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...