पार्टी एकताका बाँकी काम टुङग्याउन नेकपा सचिवालय बैठक आज बस्दै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयको बैठक आज बस्दैछ । पार्टी एकताका बाँकी काम टुङगो लगाउन सचिवालयको बैठक बस्न लागेको हो । नेकपा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनालसहितका शीर्ष नेता एकतासम्बन्धी बाँकी काम टुंगो लगाउने गृहकार्यमा जुटेका छन् । 

सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले एकतासम्बन्धी बाँकी काम टुंगो लगाउन आज बैठक बस्न लागेको जानकारी दिए । पोलिटब्युरो कमिटी गठन, केन्द्रीय सदस्यहरूको कार्यविभाजन, विभाग गठनदेखि स्थानीय तहसम्मका कमिटीको एकता टुंगो लगाउन बाँकी छ । अहिलेसम्ममा पार्टीको सचिवालय, केन्द्रीय कमिटी, प्रदेश, जिल्ला र जनसंगठनको एकता टुंगो लागिसकेको छ । 

आज बस्ने बैठकबाट पोलिटब्युरो कमिटी गठन र केन्द्रीय सदस्यको कार्यविभाजनलाई टुंगो लगाउने तयारी छ । नेकपामा ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटी रहेको छ । पार्टीको अन्तरिम विधानअनुसार केन्द्रीय कमिटीको एक तिहाइ १ सय ४७ जनाको पोलिटब्युरो कमिटी बनाउनुपर्छ । जसमा तत्कालीन एमालेलाई ८१ र माओवादीलाई ६६ जना भागबन्डा गर्ने सहमति शीर्ष नेताका बीचमा भइसकेको छ । 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...